कक्षा १२ को नतिजा : नतिजा ९ प्रतिशतले सुधार हुँदा अंग्रेजीमा ६६ हजार ननग्रेडेड « Khabarhub

कक्षा १२ को नतिजा : नतिजा ९ प्रतिशतले सुधार हुँदा अंग्रेजीमा ६६ हजार ननग्रेडेड


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत वैशाखमा सञ्चालित क्षा १२ को परीक्षाको नतिजा आएको छ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष २ लाख ८२ हजार ४६५ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअुनसार कक्षा १२ मा ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन् ।

यस वर्षको परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए। नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ ले परीक्षा दिएका थिए ।

त्यस्तै उता ननग्रेड ३८.८३ प्रतिशत रहेका छन् । यस पटक सबैभन्दा धेरै ६६ हजार २७५ जनाले अंग्रेजी विषयमा ननग्रेड ल्याएका शर्माले बताएका छन् ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माअनुसार पढाइ र परीक्षा प्रणालीमा गरिएको सुधारका कारण एसईईमा जस्तै कक्षा १२ को नतिजा पनि राम्रो भएको बताए।

उनका अनुसार यस पटकको नतिजा गत वर्षभन्दा ९ प्रतिशतले बढेको हो। गत वर्ष ५२. ९१ प्रतिशत विद्यार्थी पास भएका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ७ : ३३ बजे

२९ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना

काठमाडौँ – मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

म्याग्दी– पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन

एनपीएलमा डेढ अर्बको आर्थिक कारोबार हुने, स्पोन्सरसिपबाट मात्रै २० करोड संकलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)लाई आर्थिक रूपमा निकै उचाइमा

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका