तनहुँमा दुई जना मृत फेला, एकको दुर्घटनामा ज्यान गयो « Khabarhub

तनहुँमा दुई जना मृत फेला, एकको दुर्घटनामा ज्यान गयो


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्लाका छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका छन् । यस्तै जिपको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ ।

यहाँँको बन्दीपुर गाउँपालिका–१ सिम्ले घुम्तीमा आज बन्दीपुर गाउँपालिका–३ आहाले बस्ने ३८ वर्षीय रुपलाल भुजेल मृत फेला परेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बन्दीपुर डुम्रे सडकखण्डबाट करिब १५ मिटर तल बारीमा भुजेलको शव भेटिएको हो ।

यस्तै, भानु नगरपालिका–९ काउरेटार बस्ने १७ वर्षीया रमा कुमाल आज मृतावस्थामा भेटिएकी छन् । आइतबार राति शौचालय जान्छु भनी घरबाट निस्किएकी उहाँको शव पालुङटार नगरपालिका–९ स्थित मस्र्याङ्दी नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिका–१ गुणादीमा आज दिउँसो बोलेरो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–१ बस्ने ६६ वर्षीया निरमाया थापा रहेकी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

दमौलीबाट थर्पुतर्फ जाँदै गरेको बा १३ च ६७७८ नं को जिपले ठक्करले घाइते भएपछि उहाँलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । जिप चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  १० : २० बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच