एनएमबि बैंकद्वारा गण्डकीको मानवसेवा आश्रममा सोलार सामग्री वितरण | Khabarhub Khabarhub

एनएमबि बैंकद्वारा गण्डकीको मानवसेवा आश्रममा सोलार सामग्री वितरण


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनएमबि बैंकले गण्डकी प्रदेशको मानवसेवा आश्रमलाई हजार लिटरको सोलार साथै सोलार बत्तीहरू हस्तान्तरण गरेको छ । पोखरास्थित आश्रममा आयोजित एक कार्यक्रमबीच उक्त सोलार सामग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दु कुमार थापाले दीप प्रज्वलन गरी उक्त कार्यक्रमको उद्घाटन गरेका थिए ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले कार्यक्रमको अध्यक्षता गरेका थिए । बैंकका संस्थापक सेयर धनीहरू राजेन्द्र कुमार बाटाजु, प्रा. डा. हरि पाठक, शालिकराम घिमिरे,  विमल बहादुर कुँवर र ओम कुमार मुल्मीको पनि कार्यक्रममा उपस्थिति रहेको थियो । यस अवसरमा मानवसेवा आश्रमका संस्थापक अध्यक्ष, रामजी अधिकारीले आफ्नो मन्तव्य राखेका थिए  ।

बैंकको तर्फबाट संस्थापक सेयर धनीहरू, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत लगायतले एकमुष्ट रूपमा सोलार सामग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय, मानवसेवा आश्रमका महासचिव सुशीला के. सी. (रूपा), रिटेल तथा साना व्यवसाय प्रमुख गणेश पराजुली, एनएमबि बैंकका प्रदेश प्रमुख दुर्गा राम पुरी लगायत बैंकका अन्य कर्मचारी र मानवसेवा आश्रमका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  १ : ३३ बजे

सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं– यातायात विभाग मीनभवनस्थित सडकखण्ड नयाँबानेश्वरमा जिप र मोटरसाइकल ठोक्किँदा

प्रतिनिधिसभा पुनर्स्थापना गर्नेबारे सभामुखको छलफल

काठमाडौं – सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा प्रमुख दलसँग

किसानलाई धान काट्ने चटारो

दाङ – लमही नगरपालिका–३ की ४२ वर्षीया सीता चौधरी सोमबार

ट्रफी जित्न ओमानलाई हराउनै पर्छ : कप्तान रोहित पौडेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले विश्वकप

जेनजी आन्दोलनमा सहभागी थुक्तेन एक महिनादेखि बेपत्ता

हुम्ला – नाम्खा गाउँपालिका–३ खगालगाउँका थुक्तेन पाल्वर लामा एक महिनादेखि