हङकङमा कीर्तिमानी वर्षा, जनजीवन अस्तव्यस्त « Khabarhub

हङकङमा कीर्तिमानी वर्षा, जनजीवन अस्तव्यस्त


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा सन् १८८४ यताकै भारी वर्षा भएको छ । हङकङमा मंगलबार स्थानीय समयअनुसार दिउँसो दुई बजेसम्म ३ सय ५० मिलिमिटरभन्दा धेरै वर्षा मापन गरिएको छ । यो सन् १८८४ मा मापन गर्न थालिएयता अगष्टमा भएको सबैभन्दा ठूलो वर्षा हो ।

वर्षाले शहरको जनजीवन र पूर्वाधारमा ठूलो असर पारेको छ । वर्षाले हङकङको सडकहरू जलमग्न भएका छन्, र केही क्षेत्रमा पानीको सतह खतरनाक स्तरमा पुगेको छ वर्षाका कारण अस्पताल, विद्यालय, सरकारी कार्यालय र अन्य संस्थाहरु बन्द भएका छन् ।

हङकङ मौसम विभागका अनुसार मंगलबार बिहानदेखि शहरको आकाश कालो बादलले ढाकिएको छ भने मुसलधारे वर्षा भइरहेको छ । यसले गर्दा दक्षिणी चीनको पर्ल नदीको डेल्टा क्षेत्रमा रहेका प्राविधिक उद्योगका लागि महत्वपूर्ण अन्य शहरहरु पनि प्रभावित भएका छन् ।

हङकङको मौसम विभागका अनुसार पछिल्लो समय प्रतिघण्टा ७० मिलिमिटरभन्दा बढी वर्षा भइरहेको छ । यो अवस्था अझै केही समय जारी रहने विभागलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

ठूलो वर्षा भएसँगै स्थानीय बासिन्दालाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा रहन हङकङ प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ३ : १२ बजे

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष