तेश्रो जलविद्युत् परियोजना विकासमा भएको सम्झौता बमोजिम रिभ्यू प्यानल गठन गर्ने र सम्झौता स्वीकृत गर्ने | Khabarhub Khabarhub

तेश्रो जलविद्युत् परियोजना विकासमा भएको सम्झौता बमोजिम रिभ्यू प्यानल गठन गर्ने र सम्झौता स्वीकृत गर्ने


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले अरुण तेश्रो जलविधुत परियोजना बिकासका लागि विकासकर्ता कम्पनी र लगानी बोर्डबीच भएको सम्झौता अनुसार प्रोजेक्ट रिभ्यू प्यानल गठन गर्ने र सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा साउन १८ गते बसेको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले तेश्रो जलविधुत परियोजना बिकासका लागि भएको सम्झौता बमोजिम डा पवनकुमार श्रेष्ठ, डा पवनकुमार भट्टराई र डा. गणेशप्रसाद न्यौपाने विषय विज्ञ रहेको प्रोजेक्ट रिभ्यू प्यानल गठन गर्ने र सम्झौता स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले नेपालमा शाखा दर्ता गरेर वा स्थायी संस्थापनको रूपमा दर्तामा रहेका एमसिए नेपालको काम गर्ने निर्माण वा सेवा कम्पनीको फण्डबाट आर्जित आयमा आयकर छुट दिने निर्णय गरेको छ ।

बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यको सेवा सर्त र अन्य सुविधा तोक्ने निर्णय समेत गरेको प्रवक्ता गुरुङले बताए ।

त्यस्तै गृहमन्त्रालयको प्रस्तावमा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय समेत गरेको उनले बताए ।

मन्त्रपरिषद्ले बालविवाह अन्त्यको लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना २०८२, राष्ट्रिय श्रम आप्रवासन नीति २०८२ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् पाँचौँ संशोधन नियमावली २०८२ स्वीकृत गरेको छ भने युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा अनिल राज पौडेलाई नियुक्त गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ६ : २१ बजे

धितोपत्रको आइजीन छुट्याउन ५ वटा प्रमाण चाहिने

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विचाराधीन ‘धितोपत्र अभौतिकीकरण कार्य

कांग्रेसले पार्टीको नक्कली लेटरप्याड र छाप प्रयोग गरेर विदेशिएकाको निगरानी गर्ने

काठमाडौं– नेपाली कांग्रेस रोल्पाले पार्टीको नक्कली लेटरप्याड, छाप र हस्ताक्षर

चितवनमा करेन्ट लागेर गैँडाको मृत्यु

चितवन– माडी नगरपालिका–२ भैरवपुरमा करेन्ट लागेर करिब २० वर्षको एउटा भाले

अनुदानलाई निरन्तरता नदिए भदौदेखि आन्दोलन थाल्ने उखु किसानको चेतावनी 

महोत्तरी– उखुखेती गर्ने किसान यतिखेर आन्दोलित भएका छन् । उखुमा

के आँप धेरै खाएमा डन्डिफोर आउने हो ? 

काठमाडौं– यो गर्मीमा आँपको स्वाद सबैलाई मन पर्छ । यसै