पहिराले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा « Khabarhub

पहिराले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तानसेन– अविरल वर्षाका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ । सिद्धबाबा क्षेत्रका तीन ठाउँमा ढुङ्गासहित पहिरो खसेपछि सोमबार साँझदेखि पूर्णरूपमा अवरुद्ध बनेको सडक आज साँझादेखि एकतर्फी सञ्चालनमा आएको हो । 

वर्षा रोकिएपछि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसनको सहयोगमा पहरो पन्छाएर सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रवीण आचार्यले जानकारी दिए । 

राजमार्गको पाल्पा तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रको नागडाँडा, ड्यामसाइड, सिद्धबाबालगायत स्थानमा खसेका पहिराले सोमबार बेलुकीदेखि सडक अवरुद्ध भएको थियो । निरन्तरको वर्षाका कारण सडकमा खसेका पहिरा पन्छाउन नसकेर राजमार्ग  खुलाउन ढिलाइ भएको प्रमुख आचार्यले बताए।

उनले भने, ‘पानी परिरहेको र माथिबाट ढुङ्गासहितको पहिरो झर्न नरोकिएकाले केही समस्या आएको हो । अहिले डोजर लगाएर दुवैतर्फ खुलाउने प्रयास भइरहेको छ ।’

सोमबार दिनभर बेला–बेलामा पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन गरे पनि साँझातिरदेखि पुनःनिरन्तर वर्षा भइरहेकाले पहिरो निरन्तर खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । पानी रोकिनासाथ कर्पोरेसनले डोजर लगाएर सडक खुलाउन सहयोग गरेको उनको भनाइ छ ।

पुनः पानी पर्नासाथ राजमार्गको माथिल्लो भेगबाट ढुङ्गा खसेपछि सवारिसाधन रोकिने ट्राफिक कार्यालयले जनाएको छ । यात्रुलाई जोखिमका बेला अत्यावश्यकबाहेक यात्रा नगर्न दोभान प्रहरी चौकीले अनुरोध गरेको छ । 

पानी परेर सिद्धबाबा खण्डमा पहिरो खस्ने, ढुङ्गा खस्ने भएपछि प्रहरी चौकी दोभान, प्रभास, बर्तुङले सवारिसाधन रोक्दै गरेका छन्  । पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट आवतजावत गर्ने सवारिसाधन बाटोमा रोकिएका थिए । सडक एकतर्फी खुलेपछि सवारी गन्तव्यतर्फ लागेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ७ : ५४ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार