खानेकुरा कुरिरहेकामाथि इजरायली आक्रमण, एकैदिन २६ जनाको मृत्यु « Khabarhub

खानेकुरा कुरिरहेकामाथि इजरायली आक्रमण, एकैदिन २६ जनाको मृत्यु


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – गाजाको नागरिक सुरक्षा निकायका अनुसार इजरायली गोली प्रहार र हवाई आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ । तीमध्ये १४ जना सहायता वितरण केन्द्र नजिकै पर्खिरहेका बेला मारिएका हुन् ।

दक्षिण गाजाको खान युनिसमा सहायता पर्खिरहेका आठ जना इजरायली गोलीबाट मारिएको र मध्य गाजामा ६ जना को ज्यान गएको पुष्टि गरिएको छ ।

त्यस्तै, अल–मावासी क्षेत्रस्थित टेन्टमा रातको हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको जनाइएको छ । गाजा सहर नजिक र खान युनिसमा भएका थप आक्रमणमा सात जनाको मृत्यु भएको जानकारी दिइएको छ ।

मानविक सहायता वितरण केन्द्रहरूमा दैनिक भिडभाड भइरहेका बेला पनि गोली प्रहार हुने घटना दोहोरिएको गाजाली जनताको भनाइ छ ।

इजरायली सेनाले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ८ : ५३ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर