कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिडियो एक्सरे सेवा बन्द « Khabarhub

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिडियो एक्सरे सेवा बन्द


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिडियो एक्सरे सेवा बन्द भएको छ । अस्पतालको भिडियो एक्सरे, अल्ट्रासाउण्डलगायत सेवा एक महिनादेखि बन्द हुँदा उपचारका लागि प्रतिष्ठानमा आउने सेवाग्राहीलाई सास्ती भएको छ ।

तिला गाउँपालिकाका टोपबहादुर रावतका अनुसार अस्पतालमा आएका बिरामी भिडियो एक्सरे सेवा प्रवाहबाट वञ्चित भएका छन् ।

अस्पतालमा भिडियो एक्सरे मेसिन उपलब्ध भए पनि त्यसलाई चलाउने जनशक्ति अभावका कारण सेवा बन्द रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति सहप्राध्यापक डाक्टर डबलबहादुर धामीले जानकारी दिए ।

प्रतिष्ठानले रेडियोलोजिस्टका लागि माग गरे पनि कोही सम्पर्कमा नआउँदा यो समस्या भएको उनको भनाइ छ ।

एक सातादेखि बन्द भएको सिटिस्क्यान सेवा भने सञ्चालनमा ल्याएको निमित्त उपकुलपति डाक्टर धामीले बताए ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  १० : ०० बजे

केही पहाडी भूभागमा वर्षा र तराईमा तातो हावा चल्ने सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वार्ता चलिरहेकै बेला इरानमा अमेरिकी सेनाको आक्रमण

वाशिङ्टन – अमेरिकी सेनाले इरानको दक्षिणी क्षेत्रमा नयाँ हवाई आक्रमण

प्रतिनिधिसभा बैठक बस्दै, मतदाता नामावली विधेयक पारित गर्ने तयारी

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

आईपीएल : आज पहिलो क्वालिफायरमा आरसिबी र गुजरात भिड्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज पहिलो क्वालिफायरको खेल

प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालस्थित युरोपेली सङ्घ (इयू)मा आवद्ध