झापामा रातभर रुखमा बाँधिएका वृद्धको ज्यान गयो, छोरासहित चारजना समातिए | Khabarhub Khabarhub

झापामा रातभर रुखमा बाँधिएका वृद्धको ज्यान गयो, छोरासहित चारजना समातिए


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

झापा- झापा गाउँपालिका–१, लसुनामा एकजना पुरुषको शव रुखमा बाँधिएको अवस्थामा भेटिएको छ।

बुधबार बिहान ६० वर्षीय जतन सोरेन आँपको रुखमा प्लास्टिकको डोरीले बाँधिएको अवस्थामा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मंगलबार राति अत्यधिक मदिरा पिएका सोरेन छिमेकी महादेव टुडूको घरअगाडि गएर कराउन थालेका थिए । त्यसपछि महादेवसहित स्थानीयले उनलाई नियन्त्रणमा लिई आँपको रुखमा बाँधेर छाडिदिएका थिए।

तर बुधबार बिहान करिब ४ बजे उनी मृत भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता एमव् डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार उक्त घटनामा चारजना पक्राउ परेका छन् ।

प्रहरीले मृतककै छोरा २७ वर्षीय अनतलाल सोरेन, छिमेकी ५० वर्षीय महादेव टुडू, २० वर्षीय लुखिराम टुडू र २१ वर्षीय लखिराम टुडूलाई समातेको छ ।

उक्त घटनामा संलग्न केही व्यक्ति अझै फरार रहेको खड्काले बताएका छन् । उनीहरूलाई पनि पक्राउका लागि खोजी भइरहेको उनले बताए ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  १ : ४६ बजे

चाँडै पुटिनसँग भेट हुने ट्रम्पको विश्वास

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले रुसी राष्ट्रपति भ्लाडिमिर

स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

चितवन– भरतपुर अस्पताल प्रसूति सेवामा देशकै अग्रणी मध्येमा एक मानिन्छ

भेडाको ऊन प्रयोग हुन छाडेपछि मौलिक सामग्री लोप हुँदै

म्याग्दी– दुई दशकअघिसम्म म्याग्दीको मालिका गाउँपालिका–३ खटेनकी ६५ वर्षीया पूर्णकला

हिमाली क्षेत्रको बहुपति प्रथालाई कानून लाग्दैन ?

प्रसङ्ग गएको शनिबारको हो। दिनभर घरमै बच्चासँग बित्यो। मौसम अनुकूल

तेन्दुलकरले गरे भारतीय खेलाडीको खुलेर प्रशंसा

काठमाडौं – भारतीय क्रिकेट लिजेन्ड सचिन तेन्दुलकरले इंग्ल्यान्डसँगको पाँचौँ टेस्टमा