पछिल्लो एक सातामा थप १ सय ६४ जनामा डेङ्गु संक्रमण, संक्रमितको संख्या २६ सय नाघ्यो  | Khabarhub Khabarhub

पछिल्लो एक सातामा थप १ सय ६४ जनामा डेङ्गु संक्रमण, संक्रमितको संख्या २६ सय नाघ्यो 


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक सातामा देशभर १ सय ६४ जनामा डेङ्गुको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा डेंङ्गु संक्रमितको संख्या २ हजार ६ सय ६७ पुगेको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को तथ्यांक अनुसार ७४ जिल्लाबाट दुई  हजार ६६७ जनामा डेङ्गु पुष्टि भएको हो । सबैभन्दा धेरै गण्डकी प्रदेशमा ७८३ जनामा डेङ्गु पुष्टि भएको छ । 

त्यस्तै बागमतीमा ५५०, कोशीमा ४७३, लुम्बिनीमा ४२८, सुदूरपश्चिममा ३२६, कर्णालीमा ५९ र मधेश प्रदेशमा ४८ जनामा डेङ्गु पुष्टि भएको इडिसिडीको तथ्यांकमा उल्लेख छ । 

जम्मा भएको सफा पानीमा हुर्किने एडिज जातका लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको संक्रमण पछिल्लो समय बाह्रै महिना देखिन थालेको चिकित्सक बताउँछन् ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  २ : ४० बजे

अरबिन्द सिंहले भने- २४ घण्टामै फेल भएको ओलीको प्रतिवेदन बोकेर जनतामा जान सकिँदैन

काठमाडौं— नेकपा (एमाले) का केन्द्रीय सदस्य अरबिन्द सिंहले पार्टीको १०औं

सुनापतिका ७७ परिवार पहिरोको जोखिममा

मन्थली– रामेछाप जिल्लाको सुनापति गाउँपालिकाका ७७ परिवार पहिरोको उच्च जोखिममा

राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तरव्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी

कन्काई पुलसहित १७ रुग्ण ठेक्का तोडिँदै

काठमाडौं– सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम

एमाले केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौं– नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु