१३८ वटा कम्पनीको शेयर मूल्य घट्यो, कारोबार आठ अर्ब तल | Khabarhub Khabarhub

१३८ वटा कम्पनीको शेयर मूल्य घट्यो, कारोबार आठ अर्ब तल


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको शेयर कारोबारमा कुल शेयर कारोबार भएका कम्पनीमध्ये १३८ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ११२ वटा कम्पनीको शेयर मूल्य बढेको छ ।

बुधबार नेप्सेमा सात अर्ब ६३ करोड १३ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार हुँदा अधिकांश कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा नेप्से १.९४ अंकले घटेको छ । आजको कारोबारसँगै नेप्से परिसूचक २८३६.३५ अंकमा पुगेको हो ।

आज नेप्सेमा भएको शेयर कारोबारमा विन नेपाल लघुवित्तको शेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने थ्री स्टार हाइड्रोपावरको शेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए ।

बुधबार नेप्सेमा अधिकांश कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा लगानी, लघुवित्त र अन्य समूह बाहेक अरु समूहको सूचक पनि राताम्य बनेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ३ : ३९ बजे

फूल लिन घरमै पुगे व्यापारी, बढ्यो मूल्य

भक्तपुर – मखमली र सयपत्रीका माला लिन व्यापारी घरमै आउन

विश्वविद्यालयले अनुसन्धानमा ध्यान दिनुपर्छ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मनमोहन विश्वविद्यालयले मुलुकको

द क्लिफमा हाइलाइन अभ्यास

काठमाडौं- पर्वतको कुस्मा र बाग्लुङको बलेवाबीचमा रहेको कालीगण्डकी खोँचमा हाइलाइन

नागरिक समूहको अध्यक्षमा दाहाल

काठमाडौं– सुशासन र भ्रष्टाचारविरोधी अभियानमा केन्द्रित नागरिक समूहको अध्यक्षमा विष्णुहरि

रूसको रासायनिक कारखानामा विस्फोट हुँदा तीन जनाको मृत्यु

एजेन्सी– दक्षिणी रूसको रासायनिक कारखानामा भएको विस्फोटमा तीन जनाको मृत्यु