दीपकराज गिरीपछि दीपाश्रीको स्पष्टीकरणः ‘ब्याउने’ हैन, ब्या हुने ! « Khabarhub

दीपकराज गिरीपछि दीपाश्रीको स्पष्टीकरणः ‘ब्याउने’ हैन, ब्या हुने !


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘छ माया छपक्कै’ को प्रचारात्मक गीत ‘बिच बिचमा’ विवादमा तानिएको छ । त्यसो त फिल्म चलाउन फण्डा गर्ने क्रममा हरेक वर्ष दीपक–दीपा विवादमा तानिने गर्छन् । एक हिसाबले दीपक–दीपाले यस्तै फण्डा गरेरै भए पनि विवादसँगै फिल्मको प्रचार गर्छन् ।

गीत विवादमा आएपछि दीपकराज गिरीले यो गीतमा ब्याउने नभनेर बिहे हुने भन्न खोजिएको बताएका थिए । यता दीपाश्री निरौलाले पनि सोही कुरा दोहोराएकी छिन् । उनले त अझ पत्रकारसँग कुरा गर्ने क्रममा यसले आफूहरुलाई नै फाइदा गरेको बताएकी छिन् ।

‘वास्तवमा यो बिहे हुने कुरा हो, स्ल्याङ अर्थमा ब्याउने भन्न खोजिएको हो,’ दीपाको भनाइ छ, ‘यसलाई फण्डाका रुपमा लिनुपर्छ, भिडियो हेर्दा पनि झगडा परेजस्तो छ, प्रमोसनसँगै छोटो समयमा होस् भनेरै यस्तो गीत बनाएका हौँ ।,’

दीपाश्रीले प्रमोसनल भिडियो बनाउने क्रममा यस्तो भिडियो बनाइएको बताएकी छिन् । आफैलाई ब्याउने बनाएर दीपाश्री निरौलाले कस्तो प्रचार गरेकी हुन् भन्दै दर्शकले भने मजाक बनाएका हुन् ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ५ : ४७ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले