चुरे क्षेत्रको संरक्षण गर्न जरुरी : मुख्यमन्त्री सिंह « Khabarhub

चुरे क्षेत्रको संरक्षण गर्न जरुरी : मुख्यमन्त्री सिंह


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिसकुमार सिंहले चुरे क्षेत्रको संरक्षण गर्नु भनेको मधेसको भविष्य सुरक्षित गर्नु रहेको बताएका छन् । 

राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति ललितपुर, रेड कार्यान्वयन केन्द्र काठमाडौंँ तथा मधेस प्रदेश सरकारका वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा आज जनकपुरधाममा चुरे–तराई–मधेस क्षेत्रमा पानी संरक्षण तथा व्यवस्थापनसम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया गरिएको थियो ।
 
सो अन्तरक्रियामा  मुख्यमन्त्री सिंहले पानी, वन र माटोको संरक्षणले मात्र दिगो विकासको बाटोमा अघि बढ्न सकिने धारणा राखे। उनले प्रदेश सरकारले वातावरण संरक्षण तथा जलस्रोत व्यवस्थापनमा विशेष प्राथमिकता दिएको पनि उल्लेख गरे। मुख्यमन्त्री सिंहले चुरे क्षेत्रको संरक्षणसँग मधेसको भविष्य गाँसिएको बताए। उनले जल स्रोतको दिगो व्यवस्थापनमा सङ्घीय, प्रदेश र स्थानीय तहबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिए । 

उक्त कार्यक्रममा मधेस प्रदेशका वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले चुरे क्षेत्रको अव्यवस्थित दोहनले तराई–मधेसमा गम्भीर जलसंकट सिर्जना गरिरहेको बताए। 

उनले भने,’पानीको अभाव र बाढीको जोखिमले मधेसलाई बर्सेनि ठूलो क्षति पुर्‍याइरहेको छ । यो समस्याको समाधानका लागि वैज्ञानिक अनुसन्धान, स्थानीय सहभागिता र सरकारी प्रतिबद्धता अनिवार्य छ ।’ 

सो कार्यक्रममा राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिका अध्यक्ष डा किरण पौडेलले चुरे क्षेत्रमा पानीको मुहान संरक्षण नगरेसम्म तराई र मधेसमा पानीको संकट झनै गम्भीर हुन बताए। उनले चुरे क्षेत्रको जल स्रोत संरक्षण र व्यवस्थापनमा सबै सरोकारवालाबीच समन्वय आवश्यक रहेको उल्लेख गरे। 

कार्यक्रममा वन विज्ञ, वातावरणविद्, स्थानीय सरकारका प्रतिनिधि, विभिन्न सरकारी तथा गैर–सरकारी संस्था, र जनप्रतिनिधिको सहभागिता थियो । कार्यक्रममा चुरे क्षेत्रका जलस्रोत, तिनीहरूको संरक्षण रणनीति, वातावरणीय असर र समुदायको भूमिकासम्बन्धी विषयमा छलफल भएको थियो । 

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ७ : १६ बजे

जटिल बन्दै त्रिशूली थ्री ‘ए’मा उद्धार : स्काभेटर समाचारमा मात्रै चले

काठमाडौँ- रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली

भोटेकोशी बाढीबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौँ– भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष