वरिष्ठ पत्रकार तेजबहादुर भण्डारीको निधन « Khabarhub

वरिष्ठ पत्रकार तेजबहादुर भण्डारीको निधन


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ पत्रकार तेजबहादुर भण्डारीको ६६ वर्षको उमेरमा आज निधन भएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर निवासी भण्डारीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा निधन भएको हो । उनलाई केही दिनदेखि मुटुमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका भण्डारी कञ्चनपुरबाट प्रकाशन हुने जनमानस साप्ताहिक पत्रिकाका संस्थापक सम्पादक थिए । उनले कञ्चनपुर क्षेत्रको पत्रकारिता विकासमा उल्लेखनीय योगदान दिएका थिए । स्वर्गीय भण्डारीका श्रीमती र दुई छोरा रहेका छन् ।

भण्डारीको निधनले सुदूरपश्चिमको पत्रकारिता क्षेत्रले एक अनुभवी, निष्ठावान् र कुशल नेतृत्व गुमाएको नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाका सचिव कुन्दन पाण्डेयले बताए ।

भण्डारीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक प्रेरणादायी अभिभावक गुमाएको उनले बताए । स्व भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद नारायणप्रकाश साउदले भण्डारीको निधनले कुशल समाजसेवी स्थापित पत्रकार सञ्चारजगतले गुमाएको बताएका छन् । उनले सञ्चारकर्मी भण्डारीको निधनको खबर सुन्दा स्तब्ध र दुःखी भएको बताए ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ८ : ५८ बजे

जटिल बन्दै त्रिशूली थ्री ‘ए’मा उद्धार : स्काभेटर समाचारमा मात्रै चले

काठमाडौँ- रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली

भोटेकोशी बाढीबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौँ– भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष