तेन्दुलकरले गरे भारतीय खेलाडीको खुलेर प्रशंसा | Khabarhub Khabarhub

तेन्दुलकरले गरे भारतीय खेलाडीको खुलेर प्रशंसा


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय क्रिकेट लिजेन्ड सचिन तेन्दुलकरले इंग्ल्यान्डसँगको पाँचौँ टेस्टमा २-२ को बराबरी भएपछि आफ्नो देशका खेलाडीको खुलेर प्रशंसा गरेका छन्।

उनले बलर मोहम्मद सिराजको प्रदर्शनलाई अविश्वसनीय बताएका छन्। साथै उनले विकेट किपर केएल राहुलको प्रदर्शनको तारिफ गर्दै यशश्वी जयसवालले शतक प्रहार गर्नेक्रममा धेरै नै परिपक्वता देखाएको बताए। उनले कप्तान शुभमन गिलसमेत तारिफ गरेका छन्।

सनसनीपूर्ण अन्त्य भएको सो टेस्टका अन्य केही विशेषता पनि रहे। क्रिस ओक्स र ऋषभ पन्तले चोटका बाबजुद गरेको प्रदर्शनको उनले प्रशंसा गरे। पन्तले शृङ्खलामा दुई शतक र तीन अर्धशतक प्रहार गरे।

शृङ्खलामा कप्तान गिल र ओपनर राहुलको ब्याटिङ विशेष थियो। गिलले ७५४ तथा राहुलले ५३२ रन प्रहार गरे। दुई मिलेर ६ शतक प्रहार गरे। इंग्ल्यान्डमा कप्तानको रूपमा एउटै शृङ्खलामा सबै भन्दा धेरै रन प्रहार गर्ने गिल ब्रेडम्यान पछि दोस्रो खेलाडी बनेका छन्। ब्रेडम्यानले सन् १९३६ मा ८१० रन प्रहार गरेका थिए।

तेन्दुलकरले गिलको प्रशंसा गर्दै लामो समय विश्व क्रिकेटमा गिलको प्रभाव रहने बताए। यसैगरी उनले राहुलले गरेको मिहिनेतको पनि त्यत्तिकै खुलेर प्रशंसा गरे। राहुलले एउटै शृङ्खलामा एक भन्दा बढी शतक प्रहार गरेको यो नै पहिलो पटक हो।

उनले मोहम्मद सिराजको खेल कौशलको जति प्रशंसा हुनुपर्ने हो त्यो नभएको बताए। सिराजले पाँच वटा टेस्ट नै उसैगरी खेल्नु महत्त्वपूर्ण भएको उनको ठहर छ। सिराजले ११ सय १३ बल फ्याके । उनले कुल २३ विकेट लिए। तेन्दुलकरकै विचारमा सिराज आवश्यक सबै भन्दा उपयोगी बलर हुन्।

इंग्ल्यान्डविरुद्धको ब्याटिङमा भारतका के एल राहुल र कप्तान शुभमन गिल । क्रिकइन्फो

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ८ : ३९ बजे

बेलायतमा प्रतिबन्धित प्यालेस्टाइन समर्थक समूहका २०० जना पक्राउ

लण्डन – सरकारले गत महिना आतङ्कवाद विरोधी कानून अन्तर्गत प्यालेस्टाइनलाई

कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडाैं पठाइयो

धनगढी – कैलाली कारागारमा शुक्रबार राति भएको झडपका क्रममा गम्भीर

बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

काठमाडौं – बागमती प्रदेश सरकारले आगामी साउन २५ गते गाईजात्रा

भोजपुरको टक्सारमा लाखेजात्रा

भोजपुर – भोजपुरको टक्सारमा लाखेजात्रा विधिवत् सुरु भएको छ ।

जालन्धर भुसाल बने कैलाली कारागारको नयाँ जेलर

धनगढी – शनिबार राति भएको झडपपछि कैलाली कारागारको नेतृत्वमा परिवर्तन