एमाले महासचिव पोखरेलले किन उठाए मुख्य दलमा नेतृत्वको प्रसङ्ग ? « Khabarhub

एमाले महासचिव पोखरेलले किन उठाए मुख्य दलमा नेतृत्वको प्रसङ्ग ?


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकमा बहुदलीय व्यवस्था स्थापना पछि कांग्रेस र एमालेमा पटक पटक मुख्य नेतृत्व फेरिए पनि नेकपा माओवादीमा एउटै व्यक्ति हाबी भएको सङ्केत गरेका छन् ।

उनले बिहीबार सामाजिक सञ्जालमार्फत २०४६ सालको राजनीतिक परिवर्तनपछि नेतृत्व निर्माणका दृष्टिले कांग्रेस र एमालेमा फेरबदल भइरहे पनि माओवादी केन्द्रमा भने सुरुको नेतृत्वमा कुनै परिवर्तन नआएको आशय व्यक्त गरेका छन् ।

उनले बहुलदीय व्यवस्था पछि एमालेमा मदन भण्डारी, मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओलीले मुख्य नेतृत्व गरेको जनाएका छन् ।

यस्तै, नेपाली कांग्रेसमा कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाले पार्टीको नेतृत्व गर्दा नेकपा माओवादी केन्द्रमा भने पुष्पकमल दाहाल प्रचण्डको एकल नेतृत्व चलिरहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ८ : ३५ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।