ट्रम्पसँग कुरा गरेर आफ्नै अपमान गर्दिनँ : लुला « Khabarhub

ट्रम्पसँग कुरा गरेर आफ्नै अपमान गर्दिनँ : लुला


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेका छन् । समाचार संस्था रोयटर्ससँगको कुराकानीका क्रममा लुलाले ट्रम्पसँग कुरा गर्नु ‘अपमान हुने’ बताए ।

हाल अमेरिकाले ब्राजिलबाट आयात हुने सामानमा ५० प्रतिशत भन्सार शुल्क लगाएको छ । ब्राजिलले यसको बदलामा अमेरिकी सामानमा भन्सार शुल्क बढाउने कुनै घोषणा नगर्ने पनि उनले बताए ।

उनले मन्त्रिपरिषद् स्तरमा अमेरिकासँग कुरा भइरहेको पनि लुलाको भनाइ छ । यद्यपि उनले ह्वाइट हाउसमा फोन गरेर ट्रम्पसँग वार्ता गर्न भने अस्वीकार गरेका छन् ।

‘जब मेरो भित्रि मनले ट्रम्प कुरा गर्न तयार रहेको भन्छ, म उनलाई फोन गर्न हिचकिचाउने छैन ।’ उनले भने, ‘तर आज मेरो भित्रि मनले उनी कुराकानीका लागि तयार छैनन् भन्छ । र, म आफ्नै अपमान गर्दिनँ ।’

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  १२ : २० बजे

लुम्बिनीविरुद्ध सङ्कटमा विराटनगरको इनिङ

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्गसको

शिवं सिमेन्टले साँढे १२ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं– शिवं सिमेन्ट लिमिटेडको आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक साधारण

विदेशी नागरिक र कालोसूचीकालाई उडाउनेसहित यी विषयमा अनुसन्धान गरिरहेको छ अख्तियार

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणसँग सम्बन्धित व्यक्तिहरूमाथि

नुवाकोट–१ मा प्रतिनिधि सभाका लागि डा. प्रकाशशरण महत एकल सिफारिस

काठमाडौं– नुवाकोट क्षेत्र नं–१ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कांग्रेसका