ट्रम्पले धम्की दिँदै कर थोपरेपछि मोदीले अजित डोभाललाई पठाए रूस « Khabarhub

ट्रम्पले धम्की दिँदै कर थोपरेपछि मोदीले अजित डोभाललाई पठाए रूस


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


945
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- अमेरिका र भारतबीच बढ्दो तनावबीच भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल मस्को पुगेका छन् । भारतविरुद्ध अमेरिकी कदमको रुसले कडा प्रतिवाद गरिरहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदीले डोभाललाई मस्को पठाएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो चेतावनी, भारतीय वस्तुमा चर्को कर र कडा टिप्पणीबीचमा डोभाल रूस भ्रमणमा गएका हुन् । उनको यो भ्रमण रणनीतिक र राजनीतिक दुवै हिसाबले चर्चामा छ ।

उनको यो भ्रमण डोनाल्ड ट्रम्पले रुसी तेल र हतियार खरिदलाई लिएर भारतमाथि खुलेर हमला गरिरहेका बेला भएको हो ।

ट्रम्पले युक्रेन युद्धबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दबाब दिइरहेका छन् । उता भारतलाई रुसबाट टाढिन पनि चेतावनी दिइरहेका छन् । यो अवस्थामा मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल मस्को जानु संयोगभन्दा बढी रणनीतिक जवाफका रुपमा व्याख्या गरिएको छ।

डोभालको मस्को यात्राका क्रममा भारत र रुसबीच रक्षा सहयोग र ऊर्जा सुरक्षामा गम्भीर वार्ता हुने भएको छ । अर्कोतर्फ भारतले कुनै पनि विश्वव्यापी दबाबमा आफ्नो रणनीतिक स्वार्थसँग सम्झौता नगर्ने सन्देश पनि डोभाललाई मस्को पठाएर दिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार डोभालले शीर्ष रूसी सुरक्षा अधिकारीहरूसँग गोप्य बैठक गर्नेछन् । यो बैठकमा क्षेत्रीय स्थायित्व, आतंकवादविरोधी सहयोग र ऊर्जा आपूर्तिबारे छलफल हुँदैछ।

ट्रम्पले २५/२५ प्रतिशत गरि ५० प्रतिशत अतिरिक्त कर लगाएका छन् । ट्रम्पले कर थोपरिरहँदा भारतले ऊर्जा आवश्यकता र विदेश नीति आफ्नो राष्ट्रिय हितबाट सञ्चालित हुने जवाफ दिइसकेको छ ।

आफ्नो आन्तरिक नीति पश्चिमी दबाबले फेरबदल नहुने पनि उसले जनाएको छ। डोभाल मस्को पुगेपछि ट्रम्पले पनि आफ्ना दूतलाई पठाउने निर्णय गरिसकेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  १ : ४६ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा