'संविधानले तोकेको समयभित्रै कांग्रेस महाधिवेशन हुन्छ' | Khabarhub Khabarhub

‘संविधानले तोकेको समयभित्रै कांग्रेस महाधिवेशन हुन्छ’


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

लहान– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पार्टीको विधान र नेपालको संविधानअनुसार नेपाली कांग्रेसको १५ महाधिवेशन हुने बताएका छन् । कांग्रेस नगर कार्यसमिति लहानले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले पार्टीको विधान र देशको संविधानले तोकेको समयावधि भित्रै महाधिवेशन हुने बताएका हुन् । 

‘पार्टीको विधानले दिएअनुसार र नेपालको संविधानले दिएअनुसार पार्टीलाई वैध गर्नका लागि त्यही समयभित्र गर्नुछ,’ सिंहले भने, ‘पार्टीभित्र राम्रोसँग मान्छे चिनेर तपाईंले भोटिङ गर्नुहोला ।’

कांग्रेसको विधानमा हरेक चार वर्षमा महाधिवेशन गर्नुपर्ने व्यवस्था भए पनि एक वर्ष थप गर्न पाउने अधिकार सभापतिलाई प्रत्यायोजन गरिएको छ । यस्तै संविधानमा राजनीतिक दलहरूले साढे ५ वर्षमा महाधिवेशन गरिसक्नुपर्ने व्यवस्था छ ।       

‘पार्टीको विधानमा हरेक चार वर्षमा महाधिवेशन हुनुपर्छ भनेर किटान गरेको छ । केही विपद् आएको खण्डमा, पार्टीले गर्नुपर्ने काम गर्न पूरा नगरेको खण्डमा एक वर्ष म्याद थप्ने गरेकै छ । हरेक सभापतिले थप्ने गरेकै छ,’ सिंहले भने, ‘त्यतिमात्रै नभएर संविधानसभाको समयमा पाँच वर्षमा गर्न नसकेर सर्वदलीय बैठक राखेर, सबैलाई चित्त बुझाएर कांग्रेसले नेतृत्व गरिरहेको बेलामा महाधिवेशन गर्दा संविधान लेखनको काम एकातिर पर्ने भएका हुनाले अर्को ६ महिना थप्न पाउँ भनेर संविधान संशोधन गरेको हो नि त ।’

उनले पार्टीभित्र समयमै महाधिवेशन गर्नुपर्छ भन्दै आएका नेताहरू प्रति आक्रोशसमेत पोखे ।

 ‘महाधिवेशन समयमा हुनुपर्‍यो भनेर माग चैँ गर्ने, समयमा गर्नका लागि गर्नुपर्ने काम पूरा नभएसम्म महाधिवेशन हुन सक्दैन नि,’ सिंहले भने, ‘क्रियाशील सदस्यता अपडेटिङ हुनुपर्‍यो, नयाँलाई दिनुपर्‍यो, मौलिक कुरा पूरा हुनुपर्‍यो । त्यो गर्दै नगर्ने, अनि टाइममा हुनुपर्‍यो भनेर पदमै बसेर कराएरमात्रै हुन्छ र रु’

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ४ : ५४ बजे

कीर्तिपुरमा सागल र कुतुसाले निकालेको सापारु (तस्बिरहरू)

कीर्तिपुर – श्रावण शुक्ल पूर्णिमाको भोलिपल्ट अर्थात्‌ प्रतिपदादेखि अष्टमीसम्म आठ

गाजा कब्जा गर्ने इजरायली निर्णयपछि बस्दै राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक

काठमाडौ- संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् (युएनएससी) ले गाजा सिटी कब्जा

मिस एण्ड मिसेस् युनिभर्सल सिजन ४ को आवेदन खुला, दोस्रो अडिसन असार ३१ गते

काठमाडौं– स्पार्कल इन्टर्टेनमेन्टको आयोजनामा हुने ‘मिस एण्ड मिसेस् युनिभर्सल सिजन

इजरालयद्वारा ‘प्यालेस्टिनी पेले’को हत्या, मोहम्मद सालाहले उठाए युईएफएमाथि गम्भीर प्रश्न

काठमाडौं- लिभरपुलका स्टार फुटबलर मोहम्मद सालाहले ‘प्यालेस्टिनी पेले’ का रुपमा

बङ्गलादेशले फेब्रुअरी चुनावका लागि ४० हजार बडी क्याम किन्ने

ढाका– बङ्गलादेशको अन्तरिम सरकारले फेब्रुअरीमा हुने आगामी आम निर्वाचनको समयमा