इजरायलले गाजा नियन्त्रणको प्रस्ताव गरेपछि हमासले दियो बाँकी बन्दीबारे गम्भीर चेतावनी « Khabarhub

इजरायलले गाजा नियन्त्रणको प्रस्ताव गरेपछि हमासले दियो बाँकी बन्दीबारे गम्भीर चेतावनी


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

इजरायल – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा नियन्त्रण गर्ने प्रस्ताव गरेपछि हमासले गम्भीर चेतावनी दिएको छ। नेतान्याहुले फक्स न्युजसँगको अन्तरवार्तामा आफ्नो धारणा राखेपछि हमासले प्रतिक्रिया दिँदै बाँकी रहेका बन्दीको बारे नेतान्याहुले नसोचेको चेतावनी दिएको हो।

संयुक्त राष्ट्र संघले पनि इजरायली योजना अघि बढाइनु अहिले रहेका बन्दीहरूका लागि जोखिम हुने ठहर गरेको छ। यसैगरी इजरायलका लागि बेलायती राजदूतले यो ठुलो भुल हुने बताएका छन्।

इजरायलका लागि अमेरिकी राजदूत माइक हुकाबेले सिबिसीसँगको अन्तरवार्तामा प्यालेस्टाइनीलाई त्यहाँबाट हटाउन नहुने धारणा व्यक्त गरेका छन्।

इजरायली सञ्चार माध्यमले नेतान्याहुले गाजा खाली गर्ने योजना बुनेको तथा हमासलाई सखापै पार्नुको विकल्प नदेखेको समेत बताए।

हमासले भने बिहीबार नै विज्ञप्ति जारी गर्दै नेतान्याहुले नरसंहारलाई निरन्तरता दिन चाहेको बताए। अहिले नै इजरायली सेनाले गाजामा तीन चौथाइ कब्जा गरिसकेका छन्।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ६ : ३८ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका