इजरायलले गाजा नियन्त्रणको प्रस्ताव गरेपछि हमासले दियो बाँकी बन्दीबारे गम्भीर चेतावनी | Khabarhub Khabarhub

इजरायलले गाजा नियन्त्रणको प्रस्ताव गरेपछि हमासले दियो बाँकी बन्दीबारे गम्भीर चेतावनी


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

इजरायल – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा नियन्त्रण गर्ने प्रस्ताव गरेपछि हमासले गम्भीर चेतावनी दिएको छ। नेतान्याहुले फक्स न्युजसँगको अन्तरवार्तामा आफ्नो धारणा राखेपछि हमासले प्रतिक्रिया दिँदै बाँकी रहेका बन्दीको बारे नेतान्याहुले नसोचेको चेतावनी दिएको हो।

संयुक्त राष्ट्र संघले पनि इजरायली योजना अघि बढाइनु अहिले रहेका बन्दीहरूका लागि जोखिम हुने ठहर गरेको छ। यसैगरी इजरायलका लागि बेलायती राजदूतले यो ठुलो भुल हुने बताएका छन्।

इजरायलका लागि अमेरिकी राजदूत माइक हुकाबेले सिबिसीसँगको अन्तरवार्तामा प्यालेस्टाइनीलाई त्यहाँबाट हटाउन नहुने धारणा व्यक्त गरेका छन्।

इजरायली सञ्चार माध्यमले नेतान्याहुले गाजा खाली गर्ने योजना बुनेको तथा हमासलाई सखापै पार्नुको विकल्प नदेखेको समेत बताए।

हमासले भने बिहीबार नै विज्ञप्ति जारी गर्दै नेतान्याहुले नरसंहारलाई निरन्तरता दिन चाहेको बताए। अहिले नै इजरायली सेनाले गाजामा तीन चौथाइ कब्जा गरिसकेका छन्।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ६ : ३८ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण