महिलाविरोधी गीतको आरोपमा भारतीय गायक हनी र करण विवादमा « Khabarhub

महिलाविरोधी गीतको आरोपमा भारतीय गायक हनी र करण विवादमा


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय चर्चित गायक हनी सिंह र करण औजला महिलाहरूप्रति आपत्तिजनक र अपमानजनक भाषा प्रयोग गरेको आरोपमा कानूनी विवादमा तानिएका छन् ।

पञ्जाब राज्य महिला आयोगले स्वतः संज्ञान लिँदै दुवै गायकलाई आदेश पत्र पठाएको छ । उनीहरूलाई अगस्ट ११, २०२५ मा आयोगमा आफैँ उपस्थित हुन निर्देशन दिएको छ ।

भारतीय मिडियाका अनुसार करण औजलाको हालै सार्वजनिक गरिएको गीत ‘एमएफ गभरु’, जसमा गीतका शब्द, सङ्गीत र गायन उनको आफ्नै रहेको छ ।

उक्त गीत महिलाविरोधी भाषा समावेश गरेको आरोपमा विवादमा आएको हो । उक्त गीत २०२५ अगस्ट १ मा युट्युबमा सार्वजनिक भएको थियो ।

सङ्गीतकार इक्कीको सहकार्यमा बनेको यस गीतको लोकप्रियता जति छ, आलोचना पनि त्यति नै तीव्र छ ।

महिलाको गरिमा माथि प्रहार गर्ने शब्दहरू समावेश भएको भन्दै पञ्जाब महिला आयोगले प्रहरी महानिरीक्षक (डीजीपी)लाई यस मामिलाको अनुसन्धान गर्न वरिष्ठ अधिकारी तोक्न निर्देशन दिएको छ ।

त्यस्तै, चर्चित र्‍याप गायक हनी सिंह पनि यस्तै आरोपमा फसेका छन् । सन् २०२४ मा सार्वजनिक भएको उनको एल्बम ‘ग्लोरी’ अन्तर्गतको गीत ‘मिलिनियर’मा प्रयोग भएको भाषाका कारण उनीमाथि पनि सोहि आयोगले स्वतः संज्ञान लिएको हो ।

एल्बममा ‘पायल’, ‘बोनिता’, ‘जट्ट मेहकमा’ र ‘हाई अन मी’ जस्ता अन्य ट्रयाकहरू पनि छन्, जसलाई गुलशन कुमार र टी–सिरिजले प्रस्तुत गरेका थिए ।

हनी सिंहलाई पनि अगस्ट ११, २०२५ मा आयोगमा उपस्थित हुन भनिएको छ। हाल दुवै गायक विदेशमा रहेका खबरहरू आएका छन् । तर महिला आयोगले कुनै पनि कारण देखाएर अनुपस्थित हुन नपाइने स्पष्ट गर्दै अनिवार्य उपस्थितिको निर्देशन दिएको छ ।

पञ्जाब राज्य महिला आयोगको यो कदमले महिलाप्रति हुने साङ्गीतिक अश्लीलता र अपमानजनक अभिव्यक्तिविरुद्ध सशक्त सन्देश दिएको छ । आयोगका अनुसार दोष प्रमाणित भएमा यी गीतमाथि प्रतिबन्ध लाग्ने सम्भावना पनि प्रबल रहेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १० : ४२ बजे

यसरी बन्छ ‘पेपर पेन्सिल’ (तस्बिरहरू)

पोखरा– पत्रपत्रिका पढेपछि सामान्यतयाः हामी त्यसको पुनः प्रयोग गर्दैनौँ ।

बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा…

कालिकोट– श्री जनता आधारभूत विद्यालयका बालबालिकाले बल्ल पक्की भवनका कक्षा

सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)

हुलाकी राजमार्ग : रतुवा-केशलिया सडक निर्माणको ठेक्का तोडियो

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा-केशलिया ६ किलोमिटर सडकखण्ड निर्माणको

कर्णाली सरकारलाई व्यवसायीको ११ बुँदे ध्यानाकर्षण पत्र 

कर्णाली– संस्कृति, सभ्यता र प्राकृतिक सम्पदामा धनी तथा प्रचुर सम्भावना