गाजा सिटी पूरै कब्जा गर्ने इजरायलको तयारी, हमासका लागि राख्यो ५ सर्त « Khabarhub

गाजा सिटी पूरै कब्जा गर्ने इजरायलको तयारी, हमासका लागि राख्यो ५ सर्त


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ– इजरायलको सुरक्षा क्याबिनेटले गाजा पट्टीको उत्तरी भागस्थित गाजा सिटीमाथि नियन्त्रण गर्न सेना (आईडीएफ) लाई स्वीकृति दिएको छ। यो निर्णय गर्न क्याबिनेटको बैठक झण्डै १० घण्टा चलेको थियो।

इजरायली सेनाले गाजा क्षेत्रको करिब ७५ प्रतिशत भागमा नियन्त्रण भइसकेको दाबी गर्दै आएको छ। बाँकी २५ प्रतिशत भाग (विशेषगरी गाजा सिटी) अझै पनि हमासको प्रभावमा रहेको बताइएको छ।

गाजा सिटीमा हमासको नियन्त्रणमा अझै पनि केही इजरायली बन्धकहरू रहेका आशंका छ। सेना अब ती क्षेत्रहरूमा प्रवेश गर्दैछ, जहाँ अझै ठूला कारबाही नभएको जनाइएको छ।

हमासलाई पाँच सर्त

हमासले पूर्ण रूपमा हातहतियार विसर्जन गर्नुपर्ने।

बाँकी रहेका ५० बन्धकलाई रिहा गर्नुपर्ने (जसमध्ये २० जनामात्रै जीवित हुने सम्भावना)।

गाजाबाट हमासको सैन्य संरचनाको पूर्ण विनाश।

गाजामा इजरायली सुरक्षाको नियन्त्रण।

गाजामा हमास र प्यालेस्टाइन प्रशासनको विकल्पमा नागरिक प्रशासनको गठन।

उता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफूहरू गाजा कब्जा गर्ने पक्षमा नरहेको बताएका छन् । ‘हाम्रो लक्ष्य गाजालाई हमासको आतंकबाट मुक्त गर्नु हो, जहाँका नागरिकलाई स्वतन्त्रता मिलोस् र शासन एक जिम्मेवार अरबी शक्तिलाई सुम्पन सकियोस्’, उनले भनेका छन् ।

इजरायलले गाजा क्षेत्रमा सुरक्षा नियन्त्रण राख्ने भए पनि नागरिक शासनमा संलग्न नहुने उनले बताएका छन् ।

सेना प्रमुखको असहमति र राजनीतिक तनाव

गाजामाथि पूर्ण कब्जाको नेतन्याहूको योजना (बिग गाजा प्लान) मा इजरायली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जमीरले आपत्ति जनाएका थिए।

उनले चेतावनी यस्तो कदमले बाँकी रहेका बन्धकहरूको जीवन संकटमा पार्न सक्ने चेतावनी दिएका थिए ।

तर नेतन्याहूका निकट सहयोगीहरूले जमीरको राजीनामा माग्दै भनेका छन्, ‘अब निर्णय भइसकेको छ। यदि सेनापतिलाई यो स्वीकार्य छैन भने उनले राजीनामा दिनुपर्छ।’

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १२ : ५६ बजे

उद्धार र उपचार नपाई मर्छन् वन्यजन्तु

झापा – संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको

यस वर्ष विपद्बाट ७० जनाको मृत्यु

काठमाडौं – विसं २०८३ को वैशाखयता आजसम्म भएका एक हजार

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौं – नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक