भुटान जान लागेकी ब्राजिलियन युवतीको ब्राभित्र कण्डममा भेटियो झन्डै २ केजी कोकिन « Khabarhub

भुटान जान लागेकी ब्राजिलियन युवतीको ब्राभित्र कण्डममा भेटियो झन्डै २ केजी कोकिन


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागू औषध कोकिन तस्करी प्रयासमा एक विदेशी महिला पक्राउ परेकी छन्।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय त्रिभुवन विमानस्थलको टोलीले विमानमार्ग हुँदै नेपाल प्रवेश गरेका व्यक्तिमाथि निगरानीका क्रममा ती अस्ट्रेलियन युवती समातिएकी हुन् ।

ब्युरोका अनुसार २१ वर्षीया ब्राजिलियन नागरिक इमिली मिकाएले सान्तोष फेरेरालाई कतारको दोहा हुँदै नेपाल आएर भुटान जान लाग्दा विमानस्थलको प्रस्थान कक्षमा पक्राउ गरिएको हो ।

उनलाई चेकजाँच गर्दा स्वेटरको कालो रङको ब्राभित्र कण्डममा भरेर लुकाएर राखिएको लागूऔषध कोकिन १ केजी ९५० ग्रामसहित पक्राउ गरिएको हो।

ब्राजिलबाट कतार हुँदै आएकी फेरेराले ब्राभित्र लुकाएर राखिएको कोकिन प्लास्टिकमा प्याक गरेको अवस्थामा फेला परेको व्युरोले जनाएको छ।

प्रहरीका अनुसार उनीमाथि लागू औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट थप म्याद लिई अनुसन्धान अघि बढाइएको छ।

यस घटनालाई लागू औषध तस्करीका अन्तर्राष्ट्रिय सञ्जालसँग जोडिएको आशंका गरिएको छ । यसबारे विस्तृत अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १ : २० बजे

धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न सरकारसँग आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले पाँच दिनदेखि धर्नामा रहेका बैंक, लघुवित्त,

चार दिने भ्रमण सकेर फर्किए भारतीय सेना प्रमुख सेठ, के के भयो उपलब्धि ?

काठमाडौं- भारतीय स्थल सेनाका प्रमुख (सीओएएस) जनरल धीरज सेठ चारदिने

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका

इरानसँग तत्काल वार्ताको कुनै योजना छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्काल वार्ता वा छलफल गर्ने

चारदिने नेपाल भ्रमणपछि फर्किए भारतीय सेनाध्यक्ष सेठ

काठमाडौं– चारदिने नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज