चार वटा उद्योगको सम्पत्ति मूल्यांकनका लागि अर्थले गर्‍यो परामर्शदाताको सर्टलिस्टिङ | Khabarhub Khabarhub

चार वटा उद्योगको सम्पत्ति मूल्यांकनका लागि अर्थले गर्‍यो परामर्शदाताको सर्टलिस्टिङ


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थ मन्त्रालयले रूग्ण रूपमा रहेका चार वटा उद्योगको सम्पत्ति मूल्यांकनको लागि परामर्शदाताको सर्टलिस्टिङ गरेको छ ।

मन्त्रालयले मंगलबार सूचना प्रकाशित गर्दै बुटवल धागो, जनकपुर चुरोट, ओरिन्ड म्याग्नेसाइट र नेपाल मेटल कम्पनीको सम्पत्ति मूल्यांकनको लागि परामर्शदाताको सर्ट लिस्टिङ गरेको हो ।

मन्त्रालयले ओरिन्ड म्याग्नेसाइट, नेपाल मेटल कम्पनी, बुटवल धागो कारखानाको लागि १२ र जनकपुर चुरोट कारखानाको लागि ८ वटा परामर्शदातालाई सर्ट लिस्टिङ गरेको छ ।

सरकारले चालु आर्थिक वर्षमा ती कम्पनीको सम्पत्ति व्यवस्थापन गर्ने नीति लिएको छ । सोही अनुसार अर्थ मन्त्रालयले यस अघि नै ती कम्पनीको सम्पत्ति मूल्यांकनको लागि परामर्शदाता माग गरेको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १ : ४५ बजे

बजेट अभावमा ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित

काभ्रेपलाञ्चोक – बजेट अभावका कारण बनेपास्थित शिर मेमोरियल अस्पतालमा सञ्चालित

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार दिउँसो बस्दै

सञ्चार सुविधा नहुँदा पर्यटकलाई सास्ती

बेनी – अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार

आज देशभर मौसम सफा रहने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै

चैतमा फुल्ने ‘पलम’ असोजमै फुल्यो

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको