भानुभक्त भन्छन्- दुई कार्यकाल र ७० वर्षे उमेर हद ओलीका लागि हटाइएको होइन | Khabarhub Khabarhub

भानुभक्त भन्छन्- दुई कार्यकाल र ७० वर्षे उमेर हद ओलीका लागि हटाइएको होइन


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री भानुभक्त ढकालले केपी शर्मा ओलीबिनाको एमाले बनाउने कुरा गलत ढंगले उठाइएको बताएका छन्।

प्रेस चौतारी नेपाल, सुदूरपश्चिम प्रदेशको प्रदेशस्तरीय प्रशिक्षण तथा दोस्रो पूर्ण बैठकलाई महेन्द्रनगरमा सम्बोधन गर्दै नेता ढकालले पार्टीभित्र लोकतान्त्रिक अधिकार अन्तर्गत ‘म ओली भन्दा राम्रो पार्टी चलाउँछु’ भन्न समस्या नहुने बताए । तर त्यस्तो अभिव्यक्ति सन्दर्भअनुसार जिम्मेवार ढंगले दिनुपर्नेमा उनले जोड दिए।

‘केपी ओलीबिनाको एमाले बनाऊँ भन्न पाइन्छ। म बन्छु, ओली भन्दा राम्रो चलाउँछु भन्न पनि पाइन्छ। तर भन्ने कुरा ठाउँमा भन्नुपर्‍यो, कु-ठाउँमा भन्नु भएन’, उनले भने

नेता ढकालले पार्टीमा लागू गरिएको दुई कार्यकाल र ७० वर्षे उमेर हदबन्दी अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर नहटाइएको नभएको स्पष्ट गरे।

उक्त निर्णय सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीमा व्यापक छलफलपछि ल्याइएको उनले बताए। महाधिवेशनमा सहभागी हुन आवश्यक योग्यता पुगेका सबै नेताले नेतृत्वका लागि प्रतिस्पर्धा गर्न सक्ने अधिकार यथावत् राखिएको उनले बताए ।

पार्टीभित्रको स्वस्थ बहसलाई स्वाभाविक मान्दै ढकालले विधि–विधानविपरीत हल्ला चलाउनु अमर्यादित र गैरजिम्मेवार भएको टिप्पणी गरे। उनले यस्तो प्रवृत्ति पार्टीको नैतिक मूल्यमान्यताविपरीत हुने धारणा राखे ।

ढकालले अध्यक्ष ओलीको नेतृत्वमा आगामी निर्वाचनसम्म पार्टीलाई अघि बढाउने प्रस्ताव लगभग सर्वसम्मत रहेको बताए।

‘पार्टीभित्र सबैले ओलीकै नेतृत्व चाहन्छन्। बैठकमा ओलीकै नेतृत्वमा एक कार्यकाल पार्टी सञ्चालन गरियोस् भन्ने धारणा छ। बाहिर देशी–विदेशी षड्यन्त्रसँग सहमत हुने कुरा पार्टी हितविपरीत हो’, उनले भने ।

आगामी निर्वाचन लक्षित मिशन ०८४ को कमाण्ड ओलीले सम्हाल्ने कुरामा एमाले कार्यकर्ता प्रस्ट भइसकेको पनि उनले बताए।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  २ : ०९ बजे

मोदी र पुटिनबीच टेलिफोन वार्ता, सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल

नयाँ दिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर

उच्चका २७ न्यायाधीश नियुक्ति असमावेशी भन्दै नेपाल बारको विरोध

काठमाडौं- उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तिसम्बन्धी निर्णयप्रति नेपाल बार

प्रचण्डले अन्तिमसम्म आत्मालोचना गर्न भनिरहे, टसमस नभएका जनार्दनले अड्डी कसिरहे

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल प्रचण्डले साउन १७-१९

आइएसएसआरको नीति संवाद – अर्थतन्त्र पुनरुत्थानबारे गभर्नर र सरोकारवालाबीच छलफल (तस्बिरहरू)

काठमाडौँ – इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आइएसएसआर)