ओलीबिनाको एमाले र एमालेबिनाको नेपालको सपना कसैले नदेखे हुन्छ : निरु पाल « Khabarhub

ओलीबिनाको एमाले र एमालेबिनाको नेपालको सपना कसैले नदेखे हुन्छ : निरु पाल


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– नेकपा (एमाले) की पोलिटब्युरो सदस्य निरु पालले अध्यक्ष केपी केपी शर्मा ओलीबिना एमाले र एमालेबिना नेपालको समृद्धि कल्पना गर्न नसकिने बताएकी छन्।

प्रेस चौतारी नेपाल, सुदूरपश्चिम प्रदेशद्वारा आयोजित प्रदेशस्तरीय प्रशिक्षण तथा दोस्रो पूर्ण बैठकलाई महेन्द्रनगरमा सम्बोधन गर्दै नेतृ पालले यस्तो बताएकी हुन् ।

उनले पार्टीभित्र कतिपय भ्रमपूर्ण कुरा उठिरहेका पनि बताएकी छन् । ‘केपी ओलीबिनाको एमाले, एमालेबिनाको नेपाल र समृद्धि कल्पना बाहिरको कुरा हो। यो सपना कोही कसैले नदेखे हुन्छ’, उनले थपिन् ।

उनले पार्टीका सबै कार्यकर्ता र नेताहरू ओलीको नेतृत्वमा प्रतिबद्ध रहेको दाबी गर्दै भनिन्, ‘यो सन्देश र समर्थनमा हरेक एमालेजन तयार छन् र हुन्छन्।’

नेतृ पालले साउन ५–६ गते ललितपुरको च्यासलमा सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले दिएको सन्देशलाई नै आगामी महाधिवेशनको सार र संकेतको रूपमा बुझ्नुपर्ने बताइन्।

उनले पार्टीको विधान र संरचना अनुरूप नै निर्णयहरु भइरहेका बताइन् । नेतृत्वको विषयमा अनावश्यक हल्ला र भ्रम फैलाउने प्रयास अर्थहीन रहेको उनको तर्क छ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  २ : २२ बजे

लुम्बिनीविरुद्ध सङ्कटमा विराटनगरको इनिङ

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्गसको

शिवं सिमेन्टले साँढे १२ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं– शिवं सिमेन्ट लिमिटेडको आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक साधारण

विदेशी नागरिक र कालोसूचीकालाई उडाउनेसहित यी विषयमा अनुसन्धान गरिरहेको छ अख्तियार

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणसँग सम्बन्धित व्यक्तिहरूमाथि

नुवाकोट–१ मा प्रतिनिधि सभाका लागि डा. प्रकाशशरण महत एकल सिफारिस

काठमाडौं– नुवाकोट क्षेत्र नं–१ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कांग्रेसका