माधव नेपालले भने- काम नगरी पार्टीमा पदमात्रै ओगट्ने प्रवृत्ति अन्त्य हुनुपर्छ « Khabarhub

माधव नेपालले भने- काम नगरी पार्टीमा पदमात्रै ओगट्ने प्रवृत्ति अन्त्य हुनुपर्छ


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले निर्वाचन आयोगको राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि संविधानविपरीत रहेकाले आफूहरूले विरोध जनाएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेकपा एकीकृत समाजवादीको उद्योग व्यवसायी जिल्ला कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले स्वमूल्याङ्कन दलहरूको आन्तरिक विषय भएकाले भन्दै आयोगको स्वमूल्याङ्कन कार्यविधि संविधान विपरीत भएको बताएका हुन्  ।

स्वमूल्याङ्कन कार्यविधिमा विपक्षी दलहरूले विरोध जनाएपछि एमाले र कांग्रेसले समेत विरोध गरेको उनले बताए ।

त्यस्तै अध्यक्ष नेपालले काम नगरी पार्टीमा पदमात्रै ओगट्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए । पार्टीको विभिन्न पदमा रहेका व्यक्तिले विभिन्न चुनौतीको सामना गर्न सक्नुपर्ने उनको भनाइ छ ।

उनले नेपालको राजनीतिमा नेकपा एकीकृत समाजवादीको भूमिका महत्त्वपूर्ण रहेकोले संख्याका आधारमा मूल्याङ्कन नगर्न आग्रह गरे । 

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ४ : ०५ बजे

लुम्बिनीविरुद्ध सङ्कटमा विराटनगरको इनिङ

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्गसको

शिवं सिमेन्टले साँढे १२ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं– शिवं सिमेन्ट लिमिटेडको आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक साधारण

विदेशी नागरिक र कालोसूचीकालाई उडाउनेसहित यी विषयमा अनुसन्धान गरिरहेको छ अख्तियार

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणसँग सम्बन्धित व्यक्तिहरूमाथि

नुवाकोट–१ मा प्रतिनिधि सभाका लागि डा. प्रकाशशरण महत एकल सिफारिस

काठमाडौं– नुवाकोट क्षेत्र नं–१ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कांग्रेसका