भेटिएनन् रसुवाको बाढीमा बेपत्ता प्रहरी जवान ठाकुर, कुशको शव बनाएर अन्त्येष्टि « Khabarhub

भेटिएनन् रसुवाको बाढीमा बेपत्ता प्रहरी जवान ठाकुर, कुशको शव बनाएर अन्त्येष्टि


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

रसुवा – गत असार २४ गते बिहान नेपाल-चीन सीमास्थित रसुवागढीमा आएको बाढीमा परेर बेपत्ता प्रहरी जवान मुन्ना ठाकुरको शव नभेटिएपछि कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ।

बाराको फेटा गाउँपालिका–१ निवासी २४ वर्षीय ठाकुरको महिना बित्दा पनि शव नभेटिएपछि परिवारका सदस्यले शुक्रबार कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन्।

ठाकुरका एकजना नाबालक छन् । कुशको शव बनाएर अन्त्येष्टि गरिँदा परिवारका सदस्यसहित गाउँले शोकमग्न देखिए ।

उनको दरबन्दी जिल्ला प्रहरी कार्यालय पर्सामा थियो । तर उनी रसुवाको टिमुरे इलाका प्रहरी कार्यालयमा थिए । असार २४ गते राति बाढी आएपछि उद्धारमा जाने क्रममा उनी बाढीमा परेका थिए । तिब्बततर्फको ल्हेन्दे खोलाको बाढीले उनलाई पनि बगाएर बेपत्ता पारेको थियो ।

बाढीले उद्धारमा ठाकुरसहित प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान लोकेन्द्र बोहोरा, ६ चिनियाँ नागरिक र ११ स्थानीयबासीलाई पनि बगाएको थियो ।

उक्त घटनामा परेर बेपत्ता प्रसनि श्रेष्ठको शव त्यहाँदेखि सय किलोमिटर भन्दा तल चितवनस्थित त्रिशूली नदी किनारमा भेटिएको थियो । तर त्यसपछि अन्य बेपत्ता फेला परेका छैनन् ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ५ : १५ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,