चीनले समुद्रबाट ‘स्मार्ट ड्रयागन’ रकेट प्रक्षेपण गर्‍यो | Khabarhub Khabarhub

चीनले समुद्रबाट ‘स्मार्ट ड्रयागन’ रकेट प्रक्षेपण गर्‍यो


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

एजेनसी – चीनले शनिबार बिहान आफ्नो स्मार्ट ड्र्यागन–३ (एसडी–३) नामक रकेट मार्फत गेली–०४ उपग्रह समुह (कन्ष्टलेसन) सफलतापूर्वक पृथ्वीको कक्षमा पठाएको छ । यो प्रक्षेपण पूर्वी चीनको सान्दोङ्ग प्रान्तको रीजाओ शहर नजिकै समुद्रबाट गरिएको हो ।

‘गेली–०४’ एक उपग्रह  समूहमा साना साना उपग्रहहरू समावेश छन् जुन पृथ्वीको कक्षमा रहेका हुन्छन् र यी उपग्रहहरूले सञ्चार, नेभिगेशन, मौसम पूर्वानुमान र वैज्ञानिक अनुसन्धानजस्ता क्षेत्रमा काम गर्ने उद्देश्य राख्दछन् । यस्तो उपग्रह समूहले पृथ्वी अवलोकन र डाटा संकलनमा सुधार ल्याएर विभिन्न सेवा र प्रविधिमा सटीकता र विश्वसनीयता बढाउँछ ।

चिनियाँ समय अनुसार बिहान १२ः३१ बजे, रकेट समुद्री प्रक्षेपणस्थलबाट आकाशतर्फ उडाइएको थियो। यस समुद्री प्रक्षेपण अभियानलाई ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रले सञ्चालन गरेको थियो ।

समुद्रबाट गरिएको यो सफल प्रक्षेपण चीनको बढ्दो प्राविधिक क्षमताको संकेत हो, जसले वैज्ञानिक अनुसन्धान, संचार र सटीक स्थान निर्धारण प्रणालीमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  १ : ४३ बजे

मुख्यमन्त्री बानियाँलाई मत दिन कांग्रेसको ह्वीप

मकवानपुर– नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलले दलका नेता एवम्

दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

देउखुरी – दाङमा दुईवटा सवारी साधन (मोटरसाइकल)एकापसमा ठोक्किँदा एक जनाको

अमेरिका र मेक्सिको विवाद, सियनबोम भन्छिन्- विदेशी सेना स्वीकार्य छैन

मेक्सिको – मेक्सिकोकी राष्ट्रपति क्लाउिडिया सियनबोमले आफ्नो देशको भूभागमा अन्य

गाईजात्राले नेपालको परम्परा जगेर्ना गर्न प्रेरणा मिलोस् : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले गाईजात्रा पर्वले सबैलाई नेपालको अमूल्य परम्परा

एथलेटिक क्लबविरुद्ध आर्सनलको सहज जित

काठमाडौं– आर्सनले  स्पेनको एथलेटिक क्लब बिल्वाओविरुद्ध ३–० को सहज जित