दुई २६ वर्षिय युवाहरुको आइटी कम्पनीले अष्ट्रेलियामा जित्यो प्रतिष्ठित अवार्ड « Khabarhub

दुई २६ वर्षिय युवाहरुको आइटी कम्पनीले अष्ट्रेलियामा जित्यो प्रतिष्ठित अवार्ड


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

अष्ट्रेलिया – अष्ट्रेलियामा दुई युवाहरुले सञ्चालन गरेको आइटी कम्पनी आइटी टुगेदर टेक्नोलोजीले एक वर्षमै ‘आउटस्टाण्डिङ न्यू बिजनेश अवार्ड’ जित्न सफल भएको छ। २६ वर्षिय दुई नेपाली युवाहरुले संञ्चालन गरेको सो आइटी कम्पनीले एक वर्षकै अवधीमा ‘आउटस्टाण्डिङ न्यू बिजनेश अवार्ड’ जितेपछि अष्ट्रेलियामा धेरैको ध्यान तानिरहेको छ।

अस्ट्रेलियामा अवधीमा ‘आउटस्टाण्डिङ न्यू बिजनेश अवार्ड’लाई विषेश महत्वका साथ हेरिने भएकोले पनि एक वर्षको बीचमै पाएकोले धेरैले चासो र उत्साहका साथ हेरिरहेका हुन्।

आइटी टुगेदर कम्पनी ओम राउत र प्रदीप दाहालले संयुक्त रुपमा सञ्चालन गर्दै आएका छन्। राउत कम्पनीका निर्देशक हुन् भने दाहाल एसिया प्यासिफिक क्षेत्रका सीईओ हुन्। कम्पनीले अष्ट्रेलियाका साना तथा मध्यम व्यवसायहरूलाई आईटी सपोर्ट र एजेन्टिक एआई सेवा प्रदान गर्दै आएको छ।

अवार्ड हासिल गरेपछि कम्पनीका निर्देशक राउत र सीईओ दाहालले खुसी व्यक्त गर्दै यो हाम्रो मात्र हैन आम नेपाली युवाहरुको सान हो।

‘हामी एआईबाट सञ्चालित छौं, तर मानव समर्थनमा भर पर्छौ,’ निर्देशक राउतले भने ‘हाम्रोमा विश्वास गर्ने सबै ग्राहकलाई धन्यवाद। अबको भविष्य एजेन्टिक एआई हो, र हामी साना व्यवसायलाई छिटो अगाडि बढ्न सहयोग गरिरहेका छौं।’

सो आइटी कम्पनीमा काम गर्ने धेरैजसो प्राविधिक९टेक्निकल० स्टाफहरू नेपालमै रहेका छन्। उनिहरुले नेपालमै बसेर अष्ट्रेलियाका ग्राहकलाई सेवा दिइरहेका छन।

‘यो अवार्डले देखाउँछ कि नेपाली युवाले पनि अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्टता देखाउन सक्छन,’ सीईओ दाहालले भने ‘नेपालमा बसेर अष्ट्रेलियामा व्यवसाय सफलतापूर्वक चलाउनु भनेको क्षमता र दृष्टिकोणको जीत हो।’

आइटी टुगेदर टेक्नोलोजीले अवार्ड जितेपछि उनिहरुसँगै आबद्ध भएका सबै कम्पनीहरुले खुसी व्यक्त गरेका छन्। क्लिक कन्स्लटिङ ग्रुपले आईटी टुगेदरले हाम्रो सामाजिक सञ्जाल, लिड जेनेरेसन, र अटोमेसनमा काम गरिदिएकोमा बधाई दिँदै भनेको छ ‘हाम्रो कामको बोझ २५५ ले घटेको छ।’

यस्तै चर्चिल इन्सिच्यूट अफ हायर एजुकेशनले पनि आइटी टुगेदरले दिएको सेवा वास्तवमै प्रभावकारी रहेको जनाएको छ।

स्थानीय सरकारले प्रदान गर्ने अवार्डका लागि सार्वजनिक रुपमा मनोनयन गर्नुपर्छ। र ती मनोनयन भएका कम्पनीहरु लाई सार्वजनिक रुपमा मत हाल्नुपर्छ र विशेषज्ञहरुले कामको मूल्यांकन समेत गर्ने गर्छन। यसले व्यवसायको विश्वास, नाम र अवसर दुबै बढाउने भएकोले पनि अवार्ड निकै महत्वपूर्ण हुन्छ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  १ : ५८ बजे

बालेनलाई मनीषको जवाफ : सरकार एक्लो छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले प्रधानमन्त्री बालेन्द्र

१९औँ पुस्तकालय दिवसका लागि मूल समारोह समिति गठन

काठमाडौं- आगामी भदौ १५ गते १९औँ पुस्तकालय दिवस देशभर विभिन्न रचनात्मक

‘प्रविधिमैत्री सेवा, मर्यादित श्रम’ नारासहित यातायात मजदुरको १२औँ महाधिवेशन

काठमाडौं- नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको १२औँ राष्ट्रिय महाधिवेशन आगामी असोज

ललितपुरमा ‘हरित उत्सव : परिवर्तनका लागि महिला नेतृत्व’ अभियान (तस्बिरहरू)

ललितपुर– जलवायु न्याय तथा सामुदायिक उत्थानका क्षेत्रमा काम गर्दै आएको

किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी

किएभ– युक्रेनको राजधानी किएभको उत्तरपूर्वी जिल्लामा भएको रूसी आक्रमणका कारण