अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वी फर्कँदै चार अन्तरिक्ष यात्री « Khabarhub

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट पृथ्वी फर्कँदै चार अन्तरिक्ष यात्री


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाँच महिना लामो अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बसाइपछि नासाको क्रु–१० अन्तरिक्ष मिशनमा सहभागी चार जना अन्तरिक्ष यात्री शुक्रबारदेखि पृथ्वी फर्कने यात्रामा निस्किएका छन् ।

उनहरू सवार अन्तरिक्ष यान शुक्रबार साँझ ६ः१५ बजे (पूर्वी समय अनुसार) आईएसएसको हार्मोनी मोड्युलबाट सफलतापूर्वक अलग भएको हो । सो यान शनिबार बिहान ११ः३३ बजे अमेरिकाको क्यालिफोर्नियाको समुद्री तट नजिक अवतरण हुने तालिका रहेको नासाले जनाएको छ ।

यस मिसनमा नासाका दुई महिला अन्तरिक्ष यात्री एनी म्याकक्लेन र निकोल एयर्स, जापान अन्तरिक्ष अनुसन्धान संस्था (जाक्सा) का टाकुया ओनिशी र रुसका अन्तरिक्ष यात्री किरिल पेस्कोभ सहभागी छन् ।

स्पेसएक्सको सहकार्यमा सञ्चालित यो मिसन नासाको व्यावसायिक अन्तरिक्ष यात्री आदानप्रदान कार्यक्रमको दशौँ औपचारिक उडान हो, जसअन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्ष स्टेशनमा पठाइने गरिएको छ ।
 

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  २ : ०५ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका