सफ्टवेयर कम्पनीको ‘सोर्स कोड’ चोरी गर्ने दुई जना पक्राउ « Khabarhub

सफ्टवेयर कम्पनीको ‘सोर्स कोड’ चोरी गर्ने दुई जना पक्राउ


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कम्प्युटर स्रोत सङ्केत (सोर्स कोड) चोरी गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने सर्लाही चन्द्रनगर गाउँपालिका-५ का सुजनकुमार महतो र ललितपुर महानगरपालिका-४ धोबीघाट बस्ने धादिङ ज्वालामूखी गाउँपालिका-४ का सुमन श्रेष्ठ छन् ।

सफ्टवेयर कम्पनीको स्रोत सङ्केतमा अनाधिकृत पहुँच पुर्‍याई चोरी गरी पीडितको बौद्धिक सम्पत्तिमा आघात पुर्‍याउने मनसाय लिएको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरू उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ४ : ४९ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं