एनपीएल अक्सन : पहिलो चरणमा २६ खेलाडी अनुबन्ध, काठमाडौंको मात्रै कोटा पूरा | Khabarhub Khabarhub

एनपीएल अक्सन : पहिलो चरणमा २६ खेलाडी अनुबन्ध, काठमाडौंको मात्रै कोटा पूरा


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को मिनी अक्सनको पहिलो चरण सम्पन्न हुँदा ८ फ्रेन्चाइज टोलीले जम्मा २६ खेलाडी भित्र्याएका छन्। तीमध्ये काठमाडौं गोर्खाज मात्र आफ्नो कोटा पूरा गर्न सफल भयो।

काठमाडौं गोर्खाजले ३७ लाख रुपैयाँ खर्चेर आदिल आलमसहित ५ खेलाडी अनुबन्ध गरेको हो। अन्य टोलीहरूले भने पहिलो चरणमै आवश्यक संख्याका खेलाडी भित्र्याउन सकेनन्।

यस सिजनमा सबैभन्दा बढी मूल्य १५ लाख रुपैयाँ आदिल आलमसँगै अर्जुन साउद, देव खनाल र पवन सर्राफले पाए। अर्जुन र देव चितवन राइनोजमा पुगेका छन् भने पवन सर्राफ कर्णालीबाट खेल्ने भएका छन्।

पहिलो चरणमा अनसोल्ड भएका खेलाडीलाई दोस्रो चरणमा न्यूनतम मूल्यमा टोलीहरूले अनुबन्ध गर्ने अवसर पाउने छन्।

कुन टाेलीमा कुन खेलाडी
मयन यादव: जनकपुर (७ लाख ५० हजार)
आदित्य महता: जनकपुर (५ लाख)
सचिन भट्ट: जनकपुर (२ लाख)
हेमन्त धामी: सूदुरपश्चिम ( १० लाख)
टेकबहादुर रावत: सुदूरपश्चिम (२ लाख)
दीपेन्द्र थापा: सुदूरपश्चिम (२ लाख)
पवन सर्राफ: कर्णाली (१५ लाख)
युवराज खत्री: कर्णाली (१० लाख)
इमरान शेख: कर्णाली (२ लाख)
दीपक डुम्रे: कर्णाली (२ लाख)
देव खनाल: चितवन (१५ लाख)
अर्जुन साउद: चितवन (१५ लाख)
सन्तोष यादव: काठमाण्डू (१० लाख)
उत्तम थापा मगर: काठमाण्डू (३ लाख)
मोहमद आदिल आलम: काठमाण्डू (१५ लाख)
आकाश त्रिपाठी: काठमाण्डू (७ लाख)
तुलबहादुर थापा: काठमाण्डू (२ लाख)
कृष्ण पौडेल: पोखरा (२ लाख)
अर्जुन कुमाल : पोखरा (५ लाख)
अभिषेख तिवारी: पोखरा (२ लाख)
सूर्य तामाङ : विराटनगर (१० लाख)
नारायण जोशी: विराटनगर (५ लाख)
साहिल पटेल : विराटनगर (५ लाख)
दिलीप नाथ: लुम्बिनी (१० लाख)
शेर मल्ल: लुम्बिनी (१० लाख)
विशाल पटेल: लुम्बिनी (५ लाख)

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ९ : १९ बजे

बारा ट्राफिक प्रहरीद्वारा दुई करोड राजस्व सङ्कलन

बारा – जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, बाराले आर्थिक वर्ष

युक्रेनमा रुसद्वारा ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

किभ – युक्रेनमा रुसद्वारा गरिएको नयाँ गोलाबारी र ड्रोन आक्रमणमा

सुडानको एल–फाशेरमा कुपोषणका कारण एक सातामा ६३ जनाको मृत्यु

पोर्ट सुडान – सुडानको घेराबन्दीमा परेको एल–फाशेर नामक सहरमा कुपोषणका

खोटाङको सापातेलमा चिहानबाट शव निकालेर अनुसन्धान गर्दै प्रहरी

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित सापातेलमा स्थानीय गोविन्द बस्नेतका

खेमनाथ दाहालको ‘बुद्धको देश नेपाल’ विमोचन

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश