अस्ट्रेलिया र दक्षिण अफ्रिकाको टी-२० सिरिज : टिममा फर्कँदै स्टार खेलाडी | Khabarhub Khabarhub

अस्ट्रेलिया र दक्षिण अफ्रिकाको टी-२० सिरिज : टिममा फर्कँदै स्टार खेलाडी


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

डारविन – अस्ट्रेलिया र दक्षिण अफ्रिकाको पहिलो टी-२० आइतबार हुँदै छ। डारविनका हुने खेलअघि अस्ट्रेलिया उत्साहित छ। वेस्ट इन्डिजसँगको शृङ्खला ५-० ले जितेर उत्साहित भएको अस्ट्रेलियाको टोलीमा ट्रेभिस हेड फेरि फर्किएका छन्।

दोस्रो रोजाइका धेरै खेलाडीलाई मौका दिएको दक्षिण अफ्रिकाले जिम्बाबे सम्मिलित त्रिकोणीय शृङ्खलाको फाइनलमा न्युजिल्यान्डसँग झिनो हार व्यहोरेको थियो।

दक्षिण अफ्रिकी टोलीमा आइडन म्याक्रम र कासिगो रबाडा लगायत केही स्टार थपिने अनुमान गरिएको छ। दक्षिण अफ्रिकी प्रशिक्षक सुक्री कोनराडले केही युवा खेलाडी न्युजिल्यान्डको भ्रमणमा राम्रो लयमा रहेको बताए।

यी दुई टोलीले टेस्ट विश्व च्याम्पियनसिपको फाइनलपछि पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। सो फाइनलमा सफलता पाउँदै दक्षिण अफ्रिका कुनै पनि संरचनामा पहिलो पटक विश्व च्याम्पियन भएको थियो।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ८ : १७ बजे

एमाले विधान महाधिवेशन : विभिन्न प्रतिवदेन प्रस्तुत गर्दै पहिलो दिन सम्पन्न

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाविधेशनको पहिलो

मनास्लु आरोहण गर्न दुई सय २४ जनाले लिए अनुमति

गोरखा – यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा

फेसबुक बन्द भएपछि बालेनको कटाक्ष : अब अरुले काम गरेको मात्र देख्ने भए

काठमाडौं– सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको केही घण्टामै

सहकारी ठगीमा दोषी प्रमाणित भएका तीन जना पक्राउ

नेपालगञ्ज – नेपालगञ्जको तत्कालीन सहकारी वित्तीय विकास संस्थामा भएको रु

एनपीएलको ट्रफी टुर शनिबारदेखि हुने, ८ सहरमा लगिने (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको ट्रफी टुर