काभ्रेका भुम्लुबासीले ५० वर्षपछि पाए लालपूर्जा « Khabarhub

काभ्रेका भुम्लुबासीले ५० वर्षपछि पाए लालपूर्जा


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडाबासीले ५० वर्षपछि आफ्नो जग्गाको लालपूर्जा पाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मङ्गलबार लालपूर्जा वितरण सुरु गरेका हुन् ।

२०३२ सालदेखि गाउँपालिकाको (तत्कालीन भुम्लु र फलाँटे गाविस) हालका दुई वडाका बासिन्दा लालपूर्जाको पखाईमा थिए । प्रारम्भिक चरणमा भुम्लु गाउँपालिका वडा नम्बर ७ र ८ का ४३१ जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको छ । मङ्गलबार वडा नम्बर ७ का १८५ र वडा नम्बर ८ मा २४६ जग्गाधनीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको कार्यालयले जानकारी दिएको छ ।

यसका लागि नापी कार्यालय काभ्रेपलाञ्चोकले २०७१ साल जेठ २५ गतेदेखि स्थानीय तहमा नापी टोलीले काम गरिरहेको थियो । काभ्रेपलाञ्चोकको सांसद एवं तत्कालीन मन्त्री गोकुल बाँस्कोटाले २०७६ साल मसिंर २० गते भुम्लु गाउँपालिकामा फिल्ड कार्यालयको शुभारम्भ गरेका थिए ।

कार्यालयका अनुसार हाल दुई वडाको ४५० वटा लालपूर्जा बनेको छ भने सोही हाराहारीको सङ्ख्यामा छानविन गरी लालपूर्जा बनाउन बाँकी छ । कार्यालय प्रमुख अशोककुमार भुसालले वडा नम्बर ७ मा ३०० र वडा ८ मा ६०० लालपूर्जा बनाउनुपर्ने देखिएको जानकारी दिए ।

साविकको पिपलटार गाविस हुँदादेखि नै कमाई गर्दै आइएको ‘टार’ भन्ने खेतियोग्य जमिन पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे दुवै गाविसमा परेको थियो । तत्कालीन समयमा खेतियोग्य जमिनमा दुवै गाविसले दाबी गरेपछि विवाद भएको थियो ।

२०३२ सालमा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण काम हुन सकेको थिएन । २०३५ सालमा पनि काम नभएपछि स्थानीयले जग्गाको लालपूर्जा पाउन सकेका थिएनन् । (रासस)

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ७ : ०३ बजे

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन

काठमाडौं– तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको

‘पार्टीले आधिकारिकता पाइसक्यो, भिन्न मत राख्न जरुरी छैन’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीभित्र एकता र सद्भाव कायम गर्दै