नागरिक लगानी कोषको खुद नाफा १ अर्ब २५ करोड « Khabarhub

नागरिक लगानी कोषको खुद नाफा १ अर्ब २५ करोड


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । कोषले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा कोषको खुद नाफा १ अर्ब २५ करोड रुपैयाँ रहेको छ । 

कोषको उक्त नाफा गत आर्थिक वर्षको तुलनामा १३.७१ प्रतिशत बढी हो । गत वर्ष कोषको २३.७५ प्रतिशत घटेर ३३ करोड ७३ लाख ३० हजार रुपैयाँ देखिएको छ । 

कोषको जम्मा आम्दानी २ अर्ब ९ करोड ७४ लाख १० हजार रुपैयाँ हरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ८.९६ प्रतिशतले बढी हो । 
कोषको खर्च ४२ करोड ४२ लाख ७२ हजार रुपैयाँ भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ६.७७ प्रतिशतले कम हो । 

कोषको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४१ पैसा घटेर १९ रुपैयाँ ३४ पैसामा आएको छ । कोषको प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ २३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०२.१५ गुणा रहेको छ । 

कोषको ६ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पुँजी हुँदा जगेडा कोषमा २० अर्ब ११ करोड रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  २ : २३ बजे

सुस्मिताको गुहार : सरकार, मेरो नागरिकता फिर्ता गरिदेऊ

उर्लाबारी, मोरङ – ‘मेरो आफ्नै सक्कली नागरिकता हातमा भइदिएको भए

सरकार र लघुवित्त पीडितबीच सातबुँदे सहमति, काठमाडौं केन्द्रित आन्दोलन स्थगित

काठमाडौं– सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा

अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा,

हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त

काएरो- प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले अस्वीकार गरिसकेको अमेरिकाद्वारा प्रस्तावित