नागरिक लगानी कोषको खुद नाफा १ अर्ब २५ करोड | Khabarhub Khabarhub

नागरिक लगानी कोषको खुद नाफा १ अर्ब २५ करोड


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । कोषले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा कोषको खुद नाफा १ अर्ब २५ करोड रुपैयाँ रहेको छ । 

कोषको उक्त नाफा गत आर्थिक वर्षको तुलनामा १३.७१ प्रतिशत बढी हो । गत वर्ष कोषको २३.७५ प्रतिशत घटेर ३३ करोड ७३ लाख ३० हजार रुपैयाँ देखिएको छ । 

कोषको जम्मा आम्दानी २ अर्ब ९ करोड ७४ लाख १० हजार रुपैयाँ हरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ८.९६ प्रतिशतले बढी हो । 
कोषको खर्च ४२ करोड ४२ लाख ७२ हजार रुपैयाँ भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ६.७७ प्रतिशतले कम हो । 

कोषको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४१ पैसा घटेर १९ रुपैयाँ ३४ पैसामा आएको छ । कोषको प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ २३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०२.१५ गुणा रहेको छ । 

कोषको ६ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पुँजी हुँदा जगेडा कोषमा २० अर्ब ११ करोड रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  २ : २३ बजे

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट

वाशिङ्टन डिसी – विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा

इजरायलले बन्धकको अवशेष फिर्ताका लागि दबाब दिन सीमा नाकामा पुनः कडाइ

जेरुसलेम – गाजा र इजिप्टबीचको सहायता मार्ग राफा सीमा बुधबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर

आज विश्व खाद्य दिवस मनाइदै

काठमाडौं – सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असोज ३० गते बिहीबार। कात्तिक