जनै हराएको मान्छेको ट्रेलर : आमाको लासभन्दा गह्रुङ्गो भारी नहुने रहेछ « Khabarhub

जनै हराएको मान्छेको ट्रेलर : आमाको लासभन्दा गह्रुङ्गो भारी नहुने रहेछ


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘पूर्णबहादुरको सारङ्गी’पछि पहिलो पटक नायक विजय बराल शीर्ष भूमिकामा रहेको फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागा’हरुको ट्रेलर सार्वजनिक भएको छ ।

निर्माण पक्षले नयाँ बानेश्वरको एक हलमा शनिबार कार्यक्रमको आयोजन गरी ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा विदेश जाने सोचले गाउँ छाडेका नायक विजय बराल काठमाडौं संघर्षमै रुमालिएको देखाइएको छ । उनी वृद्ध बाकाे सहज बूढेसकालका लागि धन कमाउन कोरिया जाने उद्देश्यमा लागेको ट्रलेरले बताउँछ ।

यो फिल्म बुवा र छोराको सम्बन्धमा केन्द्रित रहेको ट्रेलरबाट बुझ्न सकिन्छ ।

ट्रेलरमा भावनात्मक संवादहरु पनि समावेश गरिएको छ । अन्तिमा विजयको संवाद छ, ‘आमाको लासभन्दा गह्रुङ्को भारी यो संसारमा कुनै भारीले हुँदैन रहेछ ।’

विजय र नायिका केकी अधिकारी दिदी–भाइको भूमिकामा रहेको ट्रेलरमा खुलाएको छ । नायिका मिरुना मगरसँग भने विजय प्रेम सम्बन्धमा रहेको ट्रेलरले प्रस्ट पारेको छ । कलाकार भोलाराज सापकोटाले भने विजयको बुवाको भूमिका निर्वाह गरेका छन् ।

एक ग्रामिण परिवेशको युवकले सहरमा खाने ठक्करको घटनामा फिल्म बनेको ट्रेलरले बताउँछ ।

यस फिल्ममा विजय, केकी, मिरुना, भोलासहित सुशांक मैनाली, गौरव पहाडी र रेयर राईलगायत अभिनय रहने बताइएको छ ।

यो फिल्मको प्रदर्शन मिति भदौ ६ लाई तोकिएको छ । हिमाल न्यौपानेको निर्देशनमा बनेको यो फिल्मको लेखक भानुक्त ढकाल हुन् ।

पेपरक्लिप ब्यानरमा निर्माण भएको यस फिल्मको निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ६ : ४६ बजे

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका

सेक्युरिटी प्रेस खरिदका विषयमा विस्तृत अनुसन्धान जारी : अख्तियार

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिदका विषयमा विस्तृत

मानवअधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा स्थानीय तहलाई सक्रिय हुन आग्रह

सुदूरपश्चिम- राष्ट्रिय मानवअधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालयले मानवअधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना

‘म्याथ सिक्ने’ गीत अस्वीकृतको बाछिटा : ‘मास्टर्नी’को प्रिमियरमा दुर्गेश गयल !

काठमाडौं – फिल्म प्रचारको फन्डा बहिष्कारको कारक बनेपछि के हुन्छ