जनै हराएको मान्छेको ट्रेलर : आमाको लासभन्दा गह्रुङ्गो भारी नहुने रहेछ « Khabarhub

जनै हराएको मान्छेको ट्रेलर : आमाको लासभन्दा गह्रुङ्गो भारी नहुने रहेछ


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘पूर्णबहादुरको सारङ्गी’पछि पहिलो पटक नायक विजय बराल शीर्ष भूमिकामा रहेको फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागा’हरुको ट्रेलर सार्वजनिक भएको छ ।

निर्माण पक्षले नयाँ बानेश्वरको एक हलमा शनिबार कार्यक्रमको आयोजन गरी ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा विदेश जाने सोचले गाउँ छाडेका नायक विजय बराल काठमाडौं संघर्षमै रुमालिएको देखाइएको छ । उनी वृद्ध बाकाे सहज बूढेसकालका लागि धन कमाउन कोरिया जाने उद्देश्यमा लागेको ट्रलेरले बताउँछ ।

यो फिल्म बुवा र छोराको सम्बन्धमा केन्द्रित रहेको ट्रेलरबाट बुझ्न सकिन्छ ।

ट्रेलरमा भावनात्मक संवादहरु पनि समावेश गरिएको छ । अन्तिमा विजयको संवाद छ, ‘आमाको लासभन्दा गह्रुङ्को भारी यो संसारमा कुनै भारीले हुँदैन रहेछ ।’

विजय र नायिका केकी अधिकारी दिदी–भाइको भूमिकामा रहेको ट्रेलरमा खुलाएको छ । नायिका मिरुना मगरसँग भने विजय प्रेम सम्बन्धमा रहेको ट्रेलरले प्रस्ट पारेको छ । कलाकार भोलाराज सापकोटाले भने विजयको बुवाको भूमिका निर्वाह गरेका छन् ।

एक ग्रामिण परिवेशको युवकले सहरमा खाने ठक्करको घटनामा फिल्म बनेको ट्रेलरले बताउँछ ।

यस फिल्ममा विजय, केकी, मिरुना, भोलासहित सुशांक मैनाली, गौरव पहाडी र रेयर राईलगायत अभिनय रहने बताइएको छ ।

यो फिल्मको प्रदर्शन मिति भदौ ६ लाई तोकिएको छ । हिमाल न्यौपानेको निर्देशनमा बनेको यो फिल्मको लेखक भानुक्त ढकाल हुन् ।

पेपरक्लिप ब्यानरमा निर्माण भएको यस फिल्मको निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ६ : ४६ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना