गोलीकाण्डमा तीन भुटानी शरणार्थीको मृत्यु, पतिले पत्नी र छोराको हत्यापछि आत्महत्या गरेको दाबी | Khabarhub Khabarhub

गोलीकाण्डमा तीन भुटानी शरणार्थीको मृत्यु, पतिले पत्नी र छोराको हत्यापछि आत्महत्या गरेको दाबी


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

टेक्सास– शनिबार बिहान अमेरिकाको टेक्ससस्थित ड्यालसमा भएको गोलीकाण्डमा नेपालबाट पुनर्वासमा गएका तीनजना भुटानी शरणार्थीको ज्यान गएको छ।

सन् २००८/०९ मा शरणार्थी पुनर्स्थापना कार्यक्रमअन्तर्गत ड्यालस आएका ५३ वर्षीय ललित प्रधान, उनकी ३७ वर्षीया पत्नी रजनी श्रेष्ठ प्रधान र ३ वर्षीय छोरा प्रनिश प्रधानको निधन भएको हो ।

समाचारअनुसार ललितले पत्नी र छोरालाई गोली हानेर हत्या गरेपछि आफैंलाई पनि गोली हानेर आत्महत्या गरेका अमेरिकाबाट सञ्चालित हिमालयखबरले उल्लेख गरेको छ।

शनिबार बिहान २ :१० मा घटना भएको जानकारी ड्यालस पुलिस डिपार्टमेन्टलाई मिलेको थियो । प्रहरी घटनास्थलमा पुग्दा रजनी र प्रनिशको गोली लागेर निधन भइसकेको थियो ।

घाइते अवस्थामाका ललितलाई तत्काल अस्पताल लगेपछि उपचारका क्रममा निधन भएको फक्स फोर न्यूजले जनाएको छ ।

ललित लामो समय नेपालका भुटानी शरणार्थी शिविरमा बसेर आईओएम र अमेरिकी सरकारको कार्यक्रम अन्तर्गत अमेरिका गएका थिए । उनी अमेरिका जानुअघि मोरङको पथरी शिविरमा बस्दै आएका थिए ।

प्रधानले शनिबार मात्रै फेसबुकमा लामो स्टाटस लेख्दै मेडिकेट लगायतका सुविधा नहुँदा समस्या परेको गुनासो गरेका थिए । प्रधान डिप्रेसन रहेको उनीनिकटले बताएका छन् ।

रजनी उनकी दोस्रो पत्नी हुन् । उनको माइती काठमाडौँमा हो । माइती पक्षले उनको शव पठाइदिन माग गरेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ८ : २७ बजे

जेन-जी आन्दोलनमा प्रहरीको हतियार लुटपाट गर्ने व्यक्ति पक्राउ, यसअघि नै परेका थिए आठ उजुरी

काठमाडौं– गत भदौ २४ गते भएको जेन-जी आन्दोलनको क्रममा प्रहरीको

जेन–जीका नाममा कर्मचारीलाई धम्क्याउने अर्जुन शाही पक्राउ

काठमाडौं – ‘जेन–जी’ आन्दोलनको नाममा कर्मचारीहरूलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाही

पेट्रोलको मूल्य घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्यमा घटाएकाे छ ।

प्रधानमन्त्री कार्कीसँग दक्षिण कोरियाका राजदुत पार्कको शिष्टाचार भेट

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत

टी–२० विश्वकपमा पुगेपछि रोहित भन्छन्- सपना देख्यौं, विश्वास गरेर पूरा गर्‍यौं

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोली लगातार दोस्रो पटक टी–२०