रोस्टनको अलराउण्ड प्रदर्शनमा पाकिस्तानविरूद्ध वेस्ट इन्डिजको जित « Khabarhub

रोस्टनको अलराउण्ड प्रदर्शनमा पाकिस्तानविरूद्ध वेस्ट इन्डिजको जित


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

वेस्ट इन्डिज– रोस्टन चेजको अलराउण्ड प्रदर्शनमा वेस्ट इन्डिजले पाकिस्तानसँगको पहिलो एक दिवसीय खेलमा ५ विकेटको जित हात पारेको हो । वर्षाले प्रभावित खेलमा पहिलो पारी ३७ ओभरमा छोटाइएको थियो । पाकिस्तानले ७ विकेटको क्षतीमा १७१ रन बनाएको थियो । 

डर्कवर्क लुइसको आधारमा दोस्रो पारीमा वेस्ट इन्डिजलाई ३५ ओभरमा १८१ रनको लक्ष्य दिइएको थियो । घरेलु टोलीले १० बल बाँकी रहँदा ५ विकेटको क्षतिमा १८४ रन बनायो । रोजले ४७ बलको सामना गर्दै अविजित ४९ रन बनाए ।

जस्टिन ग्रेभ्सले अविजित २६ रन जोडे । सेरफाने रुदरफोर्डले ३३ बलमा ४५ रन बनाए । पाकिस्तानका हसन अलि र मोहम्मद नवाजले दुई विकेट लिए । 

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि नवाजले ३० बलमा ३६ रन जोडेका थिए । हसन तलातले ३२ बलमा ३१ रन जोडे । वेस्ट इन्डिजका जाइडन सायसले ३ विकेट लिए । उनले ७ ओभरमा २३ रन मात्र खर्चिए । चेजले ६ ओभरमा २६ रन खर्चेर एक विकेट लिए । 

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ९ : ३५ बजे

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी