यसकारण झर्छ पुरुषको कपाल, यी हुन् रोकथामको उपाय « Khabarhub

यसकारण झर्छ पुरुषको कपाल, यी हुन् रोकथामको उपाय


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

आजकल कतिपय युवामा कपाल झर्ने समस्या देखा पर्न थालेको छ । यसरी उमेर नपुग्दै कपाल झर्ने समस्याका कारण धेरै पुरुष चिन्तित बन्ने गरेका छन् ।

पछिल्लो समय पुरुषको कपाल झर्ने समस्या बढे पछि कतै यो रोग वा कुनै संक्रमण पो हो की भन्ने त्राश समेत हुन थालेको छ । तर कपाल झर्नु आफैमा रोग भने होइन ।

किन झर्छ कपाल ?

कतिपय पुरुषको कपाल झर्नुमा कपालको स्याहार नपुगेर, बिभिन्न तेल तथा जेल प्रयोग गरेर वा वंशानुगत कारणले हुने गर्दछ । यद्यपी सबै पुरुषमा भने कपाल झर्ने समस्या छैन ।

खासमा पुरुषको कपाल झर्नुको पछाडि पुरुषको तालुमा हुने इन्जाइमले टेस्टोस्टेरोन हर्मोनलाई डिएचटीमा परिवर्तन गर्नु हो । यस्तोमा कपाल झर्न थाल्दछ । तालुमा हुने टेस्टोस्टेरोन हर्मोन तीब्र गतिमा बढ्न थालेपछि कालो र बाक्लो कपाल समेत बिस्तारै झर्न सुरु गर्छ ।

अझ तनाव वा शरीरमा हुने हर्मोनमा गडबडील समेत यो समस्या आउने गर्दछ । धुम्रपानमा हुने निकोटिनले रक्तनली खुम्च्याउने र शरीरमा अक्सिजनको मात्रा कम गर्नोल पनि कपाल झर्ने गर्दछ ।

रोकथामको उपाय

यदि कोहि युवामा वंशानुगत गुणका कारणले कपाल झर्दै गएको छ वा उमेर बढ्दै जादा वा हर्मोन परीवर्तनको कारणले कपाल झर्ने समस्या भए यो रोकथाम गर्न मुस्किल हुन्छ ।

तर अन्य अवस्थामा जस्तै हानिकारक खानपान, धूम्रपान, मद्यपान लगायतको सेवनबाट कपाल झर्ने समस्या भने मुख बार्नाले कम हुने गर्दछ । साथै मानसिक रुपमा तनाव लिने, कपालमा रसायनयुक्त पदार्थको प्रयोग गर्ने लगायतको बानि सुधारीयो भने पनि कपाल झर्ने रोकिन्छ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ११ : ३८ बजे

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी– आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२

समस्याहरू समाधान गर्दै सरकार अघि बढिरहन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले विभिन्न क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्दै