सरोकारवालाको प्रश्न, गभर्नरको जवाफ (भिडियो) « Khabarhub

सरोकारवालाको प्रश्न, गभर्नरको जवाफ (भिडियो)


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्स्टिच्युट फर स्ट्राटेजीक एण्ड सोसियो इकोनोमिक रिसर्च (आइएसएसआर) ले दरबारमार्गस्थित पेभेलियन हलमा शुक्रबारआयोजना गरेको ‘अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंकको भूमिका’ विषयक नीति संवाद कार्यक्रममा आर्थिक क्षेत्रका सरोकारवालाले राष्ट्र बैंकका गभर्नर विश्व पौडेलसँग केही जिज्ञासाहरु राखे । गभर्नर पौडेलले सबै जिज्ञासाको जवाफ दिए ।

उद्योगी, व्यवसायी, विभिन्न क्षेत्रका विज्ञ र सरोकारवालाको उपस्थितिमा आयोजना गरिएको सो कार्यक्रममा गभर्नर प्रा.डा विश्वनाथ पौडेलले पछिल्लो अवस्थाको अर्थतन्त्रको परिदृष्य र आगामी भूमिकाको विषयमा आफ्नो विचार प्रस्तुत गरेका थिए ।

गभर्नरको विचारपछि कार्यक्रममा सहभागी सरोकारवालाहरूले नेपालको अर्थतन्त्रसँग जोडिएका विभिन्न प्रश्नहरू गभर्नरसमक्ष प्रस्तुत गरे । सहभागीहरूले गभर्नरसमक्ष विशेषतः ठूला बैंकहरूमाथि अन्तर्राष्ट्रिय निकायबाट गर्न लागिएको परीक्षण, बैंकिङ क्षेत्रमा देखिएको अधिक तरलता, कालोसूची, चेक बाउन्स, बैंकिङ सुशासन लगायतका विषयमा आफ्नो धारणा तथा प्रश्नहरू राखेका थिए ।

सहभागीहरूको प्रश्नमा गर्भनरले विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्ने विषयसँगै सडकको क्षमता पनि विकास गर्नुपर्ने आवश्यकता रहेको, ब्याजदर स्थिर राखेमा योजनाहरू बनाउन सजिलो हुने, बैंकिङ क्षेत्रको पारदर्शिता लगायतका विषयलाई ध्यानमा राखेर काम गर्ने प्रयास गरेको बताएका थिए ।

प्रस्तुत छ, सरोकारवालाको जिज्ञासा, धारणा र प्रश्नमा गभर्नरको जवाफ :


यो पनि-

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ६ : ०९ बजे

होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र

एजेन्सी– संयुक्त राज्य अमेरिकाले होर्मुज जलसन्धि क्षेत्रमा दुई इरानी तेल

कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल

कर्णाली– कर्णाली प्रदेश सरकारले यहाँ स्थानीय तह तथा जिल्ला समन्वय

जाउलाखेलमा रास्वपाको ‘सक्षम सांसद, सशक्त संसद्‌’ प्रशिक्षण (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी को केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित ‘सक्षम सांसद,

‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’

काठमाडौं– संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सुरक्षित,

काठमाडौंमा पनि मनाइयो ८१औँ विजय दिवस

काठमाडौं- एकासीऔँ विजय दिवसका अवसरमा काठमाडौंस्थित रुसी दूतावासको आयोजनामा कमलपोखरीको