पोखरास्थित सिद्ध महायोग साधना केन्द्रमा चतुर्मास व्रत अनुष्ठान « Khabarhub

पोखरास्थित सिद्ध महायोग साधना केन्द्रमा चतुर्मास व्रत अनुष्ठान


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्र पोखराले गुरुपूर्णिमादेखि चतुर्मास व्रत अनुष्ठान सुरु गरेको छ ।

अनुष्ठानका अवसरमा दैनिक भक्ति-दर्शनमा आधारित दिव्य सत्सङ्गसहित शनि मृत्युञ्जय षडाङ्ग रुद्राभिषेक, नवग्रहशान्ति, नाडी परीक्षण शिविर सञ्चालन भइरहेको केन्द्रका अध्यक्ष विष्णुप्रसाद शर्माले जानकारी दिए ।

पोखरा नदीपुरस्थित नरायणथानमा रहेको सिद्ध महायोग ध्यान साधना केन्द्रमा दैनिक बिहान ६ बजेदेखि ८ बजेसम्म सिद्ध महायोग ध्यान साधना सञ्चालन भइरहेको छ ।

यस्तै बिहान ८ बजेदेखि १२ बजेसम्म पूजा, हवन एवं शनि मृत्युञ्जय षडाङ्ग रुद्राभिषेक भइरहेको छ । प्रत्येक दिन साँझ ४ बजेदेखि ६ बजेसम्म भक्ति-दर्शन आधारित दिव्य सत्सङ्ग भइरहेको केन्द्र अध्यक्ष शर्माले जानकारी दिए ।

साधना शिविरमा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, वनमन्त्री भेषबहादुर पौडेल सहभागी भएका थिए । गण्डकी प्रदेश सांसदहरु प्रकाश बराल, रेखा गुरुङ सहभागी थिए ।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले कृष्ण जन्माष्टमीका अवसरमा सुरु भएको सप्ताहपर्यन्त श्रीमदभागवद महापुराणको उद्घाटन गरेका थिए । व्रत अनुष्ठान तथा साधना शिविर चार महिनासम्म चल्ने बताइएको छ ।

*अपडेट गरिएको

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  १२ : ४९ बजे

बिदुरमा राहत सामग्री देखाएर फोटो खिच्नेको भीड छ, अन्यत्रका बाढीपीडित भोकै छन् : स्वास्थ्यकर्मी भट्टराई

नुवाकोट– गत बुधबार भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको

त्रिशूली–३ ‘बी’को क्याम्प लेदोले पुरिँदा ४३ जना सम्पर्कविहीन, उद्धारमा ढिलाइ नगर्न माग

काठमाडौँ– अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा भदौ १०

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ– रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन