नाडा अटो शो २०२५ प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने « Khabarhub

नाडा अटो शो २०२५ प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आयोजना गर्न लागेको नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने भएका छन् ।

नाडाले अटो शो मा प्रमुख अतिथिको रूपमा उपस्थित भएर उद्घाटन गरिदिन गरेको निवेदनलाई प्रधानमन्त्री ओलीले स्वीकार गरेका हुन् ।

साउन २५ गते नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री ओलीसँग भेटेर भेटेर १७औँ संस्करणको नाडा अटो शो को विषयमा जानकारी गराउँदै उद्घाटनको लागि आग्रह गरेको थियो ।

नाडाले आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको शो मा १२५ भन्दा बढी प्रदर्शक र ३० भन्दा बढी सवारी साधनका ब्रान्ड रहने जनाइएको छ ।

साथै, शो इलेक्ट्रिक, हाइब्रिड, स्मार्ट मोबिलिटी समाधानहरू, विन्टेज मोटर शो, युनट्री रोबट, दीपल इभोटल लगायत विषय प्रदर्शनको पनि केन्द्र रहने जनाइएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ३ : १७ बजे

विश्वकप खेल्न अमेरिका पुगेको इरानी टोली आक्रोशित, राजनीति नगर्न फिफाको चेतावनी

लस एन्जलस – महिनाौंदेखि जारी युद्ध अन्त्यका लागि अमेरिका र

लुम्बिनी प्रदेश सरकारले आज बजेट ल्याउँदै

भैरहवा– लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३–८४ लागि

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक