'राज्यको सञ्चित कोषबाट रकम नजुट्दा पूर्वाधार निर्माणको समस्या समाधान गर्न विधेयक महत्वपूर्ण' | Khabarhub Khabarhub

‘राज्यको सञ्चित कोषबाट रकम नजुट्दा पूर्वाधार निर्माणको समस्या समाधान गर्न विधेयक महत्वपूर्ण’


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राज्यले पूर्वाधारमा लगानी गर्न सञ्चित कोषबाट रकम जुटाउन नसकेको अवस्थमा वैकल्पिक रुपमा वित्त परिचालन गर्न सक्ने व्यवस्थाका लागि बैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक ल्याएको बताएका छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा उक्त विधेयकमाथिको छफावार छलफलका क्रममा पौडेलले मुलुकका लागि फाइदाजनक रहेको बिकासे आयोजनाहरुमा लगानी सुनिश्चित गर्ने बिकल्पका रुपमा बैकल्पिक विकास वित्त परिचालनको अवधारणा ल्याएको बताएका हुन् । 

राज्यको सञ्चित कोषबाट रकम जुटाउन नसकी पूर्वाधार निर्माणमा भइरहेको समस्या समाधान गर्न विधेयक महत्वपूर्ण हुने उनले बताए ।

उनले उच्च आर्थिक प्रतिफल दिने आयोजनाको विकास गर्ने लक्ष्यका साथ विधेयक ल्याइएकाले प्रतिफल दिने खालका आयोजनाहरुलाई प्राथमिकतामा राख्ने जिकिर गरे । पौडेलले आयोजनाको छनोटका सम्वन्धमा पनि विधेयकमा स्पष्ट व्यवस्था गरिएको जानकारी दिए । 

बैठकमा विधेयकका केहि दफामा छलफल गरि टुङ्गोमा पुराइएको छ । विधेयकमाथि सांसदहरुले ६६ संशोधन दर्ता गराएका थिए ।

मुलुकको समृद्धि, दीगो विकास तथा उत्पादकत्व वृद्धिका लागि अत्यावश्यक पूर्वाधार परियोजना कार्यान्वयन गर्न परम्परागत लगानीका अतिरिक्त वैकल्पिक वित्त परिचालन आवश्यक रहेको भन्दै सरकारले उक्त विधेयक ल्याएको हो । 

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ४ : ४५ बजे

प्रधानमन्त्री भन्छन् : युवाहरूले घमण्ड त्याग्नुपर्छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलले व्यक्ति व्यक्तिका आत्मविश्वासलाई राष्ट्रिय

विपिनलाई खोज्न इजरायल पुगे आमा र बहिनी

काठमाडौं – हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको रिहाइको माग

गाईजात्रा महोत्सव : नाचघरमा ‘कमेडी नाइट विथ च्याम्पियन्स’ (तस्बिरहरू)

काठमाडौं – सांस्कृतिक संस्थानले राष्ट्रिय नाचघरमा शनिबारदेखि सुरु गरेको ‘गाईजात्रा

सुनसरी दुर्घटना अपडेट : मृतकको सङ्ख्या पाँच पुग्यो

सुनसरी – सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।