भारतले फिलिपिन्सका नागरिकलाई निःशुल्क इ भिसा दिने « Khabarhub

भारतले फिलिपिन्सका नागरिकलाई निःशुल्क इ भिसा दिने


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले फिलिपिन्सका नागरिकहरूलाई निःशुल्क इ–भिसा प्रदान गर्ने भएको छ । भारतले यही वर्षको अगस्त १ देखि आगामी वर्षको जुलाई ३१ सम्म फिलिपिन्सका नागरिकलाई निःशुल्क भिसा प्रदान गर्ने भएको हो । यी निःशुल्क भिसाको म्याद ३० दिनको हुने जनाइएको छ ।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरको भारत भ्रमणमा क्रममा भारतले यस्तो घोषणा गरेको हो । यो भिसाका लागि फिलिपिन्सका नागरिकले अनलाइनमार्फत आवेदन गर्न सक्ने भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यो भिसाको म्याद थप गर्न पाइने छैन । त्यसैगरी यो भिसा लिएर संरक्षित एवम् प्रतिबन्धित क्षेत्र तथा सुरक्षाका हिसाबमा संवेदनशील क्षेत्रहरूको भ्रमणका लागि पनि मान्य हुनेछैन ।

यो कदमले भारत र फिलिपिन्सबीचको पर्यटन र आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ७ : ४८ बजे

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।