राष्ट्रिय सुरक्षा उल्लङ्घन गरेको आरोपमा हङकङले लगायो १६ जनामाथि प्रतिबन्ध « Khabarhub

राष्ट्रिय सुरक्षा उल्लङ्घन गरेको आरोपमा हङकङले लगायो १६ जनामाथि प्रतिबन्ध


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हङकङ प्रशासनले राष्ट्रिय सुरक्षा उल्लङ्घन गरेको आरोपमा १६ जनालाई लक्षित गर्दै नयाँ प्रतिबन्धात्मक कदमहरु चालेको छ । हङकङ प्रशासनले उनीहरुसँग पैसाको कारोबार गर्न प्रतिबन्ध लगाएको छ । त्यसैगरी, उनीहरुमध्ये १२ जनाको राहदानी पनि रद्द गरिएको छ ।

सुरक्षा मन्त्री क्रिस ट्याङ पिङ–केउङले ‘राष्ट्रिय सुरक्षा संरक्षण अध्यादेश’ अन्तर्गत यी कदमको घोषणा गरेका हुन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार उनीहरु ‘हङकङ पार्लियामेन्ट’ नामक समूहमा आबद्ध छन् ।

उनीहरु सबै जना विदेशमा बसोबास गर्दै आएका छन् । हङकङ प्रशासनका एक जना प्रवक्ताले पोस्टलाई बताएअनुसार उनीहरु ‘अमेरिका, क्यानडा, जर्मनी, अष्ट्रेलिया, थाइल्याण्ड, चीनको ताइवान क्षेत्रजस्ता ठाउँमा लुकेर राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने गतिविधिहरूमा संलग्न छन् ।’

उनीहरुमाथि सन् २०२० मा लागू गरिएको राष्ट्रिय सुरक्षा कानून उल्लङ्घन गरेको आरोप पनि लागेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ८ : २१ बजे

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष