झण्डै एक अर्बले बढ्यो नबिल बैंकको नाफा, खराब कर्जा पनि घट्यो « Khabarhub

झण्डै एक अर्बले बढ्यो नबिल बैंकको नाफा, खराब कर्जा पनि घट्यो


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत आर्थिक वर्ष(आव) ०८१र८२ मा नबिल बैंकको नाफा झण्डै एक अर्बले वृद्धि भएको छ । बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार गत आवमा बैंकले सात अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन नाफा बैंकले अघिल्लो आव ०८०-८१ मा ६ अर्ब १९ करोड ७१ लाख नौ हजार रुपैयाँ गरेको थियो ।

गत आवमा बैंकले खुद ब्याज आम्दानी १६ अर्ब ३२ करोड ७२ लाख ९७ हजार रुपैयाँ गरेको छ । बैंकले यस्तो आम्दानी अघिल्लो आवमा १६ अर्ब ३१ करोड ७३ लाख १५ हजार रुपैयाँ गरेको थियो ।

त्यस्तै, नबिलले गत आवमा शुल्क र कमिसनबापत हुने आम्दानी, सञ्चालन आम्दानी र सञ्चालन नाफा पनि वृद्धि गरेको छ ।

नाफामा वृद्धि भएसँगै बैंकको वितरणयोग्य नाफा चार अर्ब ७७ करोड ३० लाख ५९ हजार रुपैयाँ पुगको छ । अपरिस्कृत तथ्यांकअनुसार गत आवमा बैंकको प्रति सेयर आम्दानी २६.३४ रुपैयाँ, मूल्य आम्दानी रेसियो २०.५५, प्रति सेयर नेटवर्थ २३५.५८ रुपैयाँ पुगेको छ ।

साथै, विवरणअनुसार बैंकको जोखिम भार सम्पत्तिको लागि पुँजीकोष अघिल्लो आवको तुलनामा घटेर ११.९४ प्रतिशत भएको छ भने कुल खराब कर्जा पनि अघिल्लो आवको तुलनामा घटेर ४.२७ प्रतिशत कायम भएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  १२ : ११ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने