मञ्जुश्री फाइनान्सको खुद नाफा ४० प्रतिशतले बढ्यो | Khabarhub Khabarhub

मञ्जुश्री फाइनान्सको खुद नाफा ४० प्रतिशतले बढ्यो


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार संस्थाको  खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा संस्थाले ३१ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.९७ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष संस्थाले २२ करोड ४६ लाख  रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानीसँगै सञ्चालन आम्दानीमा वृद्धि हुँदा संस्थाको खुद नाफा बढेको हो ।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ८७ करोड ३२ लाख रुपैयाँ छ । यो अघिल्लो वर्षको तुलनामा १६.५१ प्रतिशतले बढेको हो । साथै, संस्थाको सञ्चालन मुनाफा ४८.५० प्रतिशतले बढेर ५१ करोड ८० लाख रुपैयाँ पुगेको छ । यस अवधिमा संस्थाको वितरण योग्य मुनाफा ३५ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

संस्थाको निक्षेप २५.८९ प्रतिशतले वृद्धि भै २२ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ भने कुल कर्जा १९.६५ प्रतिशतले वृद्धि भै १८ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । चुक्ता पुँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको मञ्जुश्रीको रिटेन्ड अर्निङ ७३ करोड ८२ लाख रुपैयाँ र जगेडा कोषमा समेत ७३ करोड ८२ लाख रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा संस्थाको खराब कर्जा ३.२२ प्रतिशतबाट घटेर ३.११ प्रतिशत पुगेको छ । नाफासँगै संस्थाको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा संस्थाको यस्तो आम्दानी ६ रुपैयाँ ६४ पैसाले बढेर २३ रुपैयाँ २६ पैसा पुगेको छ । संस्थाको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ८५ पैसा रहेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २६.७९ गुणा छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  १२ : ३३ बजे

बजेट अभावमा ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित

काभ्रेपलाञ्चोक – बजेट अभावका कारण बनेपास्थित शिर मेमोरियल अस्पतालमा सञ्चालित

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार दिउँसो बस्दै

सञ्चार सुविधा नहुँदा पर्यटकलाई सास्ती

बेनी – अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार

आज देशभर मौसम सफा रहने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै

चैतमा फुल्ने ‘पलम’ असोजमै फुल्यो

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको