'पारिवारिक खेतीलाई सम्मानजनक, नाफामूलक र दिगो पेशा बनाउन आवश्यक'  | Khabarhub Khabarhub

‘पारिवारिक खेतीलाई सम्मानजनक, नाफामूलक र दिगो पेशा बनाउन आवश्यक’ 


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पारिवारिक खेतीलाई  जीवनयापनको साधन मात्र नभई सम्मानजनक, नाफामूलक, र दिगो पेशा बनाउन पर्ने आवश्यक रहेको बताएका छन् । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि तथा खाद्य संगठन एफएओ नेपाल लगायत साझेदार संस्थाहरूको संयुक्त आयोजनामा ललितपुरमा आयोजित पारिवारिक खेती सम्बन्धी क्षेत्रीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दे मन्त्री अधिकारीले करिब ६० प्रतिशत जनसङ्ख्या प्रत्यक्ष कृषि व्यवसायमा संलग्न रहेको र ०.६ हेक्टर प्रति कृषक परिवार औसत जोत जमिन भएको नेपाल जस्तो देशमा पारिवारिक खेती केवल आर्थिक गतिविधि मात्र नभई हाम्रो संस्कृति, परम्परा र खाद्य सुरक्षा सुनिश्चित गर्ने प्रमुख आधार समेत रहेको बताए।  

कृषि क्षेत्रमा काम गर्दे आएका नमूना कृषि सहकारी, एकीकृत कृषि प्रणाली, र किसान–प्रेरित नवप्रवर्तनकारी कार्यहरूले  ग्रामीण कृषि उत्पादन र कृषकको आम्दानी दुवैमा सुधार गरेको उल्लेख गर्दे मन्त्री अधिकारीले साना किसानदेखि मध्यमस्तरका कृषक सम्म समावेश रहने पारिवारिक खेती विकसित र विकासोन्मुख देशमा कृषिको प्रमुख स्वरुप रहिआएको छ भने।

ग्रामीण रूपान्तरणको प्रमुख घटक रहेको पारिवारिक खेती प्रणालीलाई जलवायु परिवर्तनले चुनौती थपिदिएको भन्दै मन्त्री अधिकारीले यो चुनौतीको सामना गर्न सबै क्षेत्रको प्रयास अपरिहार्य रहेकोमा जोड दिए।

सिँचाइको  विस्तार, कोल्ड स्टोरेज पूर्वाधारको निर्माण, र मूल्य श्रृखंला विकासमा लक्षित लगानीलाई प्राथमिकतामा राखी सरकारले काम गरिरहेको उल्लेख गर्दे मन्त्री अधिकारीले यसले किसानको मेहनत र उत्पादनलाई सहजै बजारसम्म पहुँच बनाई आयआर्जनमा वृद्धि गर्न सहयोग पुग्नेछ भने। 

गोष्ठीलाई कृषि सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति कुसुमदेवी थापा , राष्ट्रिय योजना आयोगका सदस्य डा. जयबहादुर टण्डन, मन्त्रालयका सचिव  डा. गोविन्द प्रसाद शर्मा, एफएओका प्रतिनिधि केन सिमिजु, नेपाल कृषि सहकारी संघका अध्यक्ष खेम पाठक लगायतले सम्बोधन गरेका थिए ।
 
३ दिनसम्म चल्ने कार्यशालामा अन्तर्राष्ट्रिय एवं क्षेत्रीय स्तरका कृषि क्षेत्रका नेतृत्व, नीतिनिर्माता, विज्ञ तथा विकास साझेदार संस्थाहरूको उपस्थिति रहेको छ  ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  १२ : ५७ बजे

आफ्नै राजनीतिक विरासत जोडिएको मदन भण्डारी फाउन्डेसनलाई किन गाली गर्दैछन् ओली ?

काठमाडौं- नेकपा (एमाले) भित्र अस्तित्वको लडाइँ लड्दाको समयदेखि साथ दिएकी

कर्मचारी खटनपटनमा गृहको कडाइ : शाखा अधिकृतसहित दुई कर्मचारीको गैलकट्टी

काठमाडौं– गृह मन्त्रालयले खटाएको ठाउँमा नजाने कर्मचारीको मंगलबार गैलकट्टी गरेको

कोशीको एमाले बैठकमा बस्नेतले भने- विद्या भण्डारीको अपमान गर्न पाइँदैन, सदस्यता रोक्ने निर्णय सच्याऊँ

काठमाडौं- धनकुटाको हिलेमा जारी नेकपा एमालेको कोशी प्रदेश कमिटी बैठकमा

बागमतीका मुख्यमन्त्री बानिँयाले पाए विश्वासको मत

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानिँयाले विश्वासको मत पाएका

गुरुङ समुदायमा मनाइयो ट्होटेँ

गण्डकी– आज साउनको अन्तिम मंगलबार अर्थात् गुरुङ समुदायको मौलिक पर्व