हङकङको साम्पाङ जुम्लेखामा नारायण  | Khabarhub Khabarhub

हङकङको साम्पाङ जुम्लेखामा नारायण 


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

हङकङ- किरात साम्पाङ राई जुम्लेखा हङकङको छैटौँ अधिवेशनले नारायणप्रसाद राईको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

जोर्डनस्थित बगैँचा रेस्टुरेन्ट एण्ड बारको सभाकक्षमा भएको उक्त अधिवेशनबाट उपाध्यक्ष  दीपक केशर राई, सचिव मणिराज राई, सहसचिव रविचन्द्र राई, कोषाध्यक्ष केशव राई, सहकोषाध्यक्ष जय राई, सदस्य देउ बहादुर राई, श्याम राई, नरेन्द्र राई, अर्जुन राई, कला राई, बिना राई, दीपा राई, विजय राई र कर्णवीर राई चयन भएका छन्।

सो अधिवेशनमा किरात राई यायोक्खाका अध्यक्ष गजेन्द्र राई प्रमुख अतिथि र नेपाल आदिवासी जनजाति महासङ्घ मकाउका अध्यक्ष भीम किराती विशेष अतिथि रहेका थिए ।

उक्त संस्थाका सचिव मणिराज साम्पाङ राईले सञ्चालन गरेको औपचारिक कार्यक्रममा किरात राई यायोक्खा सम्बद्ध भाषिक संस्था किरात राई चाम्लिङ खाम्बातिमका अध्यक्ष सर्वधन राई, पुमा तुप्खा बाङ्खालाका अध्यक्ष पेङ किरात, बान्तावाखिमका अध्यक्ष दुर्गाकान्त राई, दुमी फन्सिखिमका अध्यक्ष कमल दुमी राई, थुलुङ (राई) सामाका अध्यक्ष दिनेश थुलुङ राई थिए । 

यसैगरी कोयु र कोयी किमका अध्यक्ष प्रकाश राई, बायुङ सुम्निखिमका अध्यक्ष लोखराज राई, साम्पाङ राई जुम्लेखाका संस्थापक अध्यक्ष हरिचन्द्र राई, किरात राई प्रज्ञा प्रतिष्ठानका कुलपति शशिमदन राई, इलाम समाजका अध्यक्ष वसन्त (विपिन) राई, नेपाल फाइनान्सका प्रमुख धिराजकुमार राई लगायतका विशिष्ट व्यक्तित्वहरू अतिथिगणमा आमन्त्रित थिए। 

सर्वसम्मत चयन भएका पदाधिकारीहरूलाई उक्त संस्थाका संस्थापक अध्यक्ष तथा निर्वाचन मण्डल प्रमुख हरिचन्द्र राईले पद तथा गोपनियताको शपथ खुवाएका थिए।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  १ : २९ बजे

ओमानविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – टी–२० विश्वकप एसिया छनोटको सुपर सिक्स चरणमा नेपालका

एमाले केन्द्रीय कमिटी बैठक : अन्तरिम सरकार र निर्वाचनबारे छलफल

काठमाडौं – नेकपा एमालेको आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा

जेन-जी आन्दोलनमा प्रहरीको हतियार लुटपाट गर्ने व्यक्ति पक्राउ, यसअघि नै परेका थिए आठ उजुरी

काठमाडौं– गत भदौ २४ गते भएको जेन-जी आन्दोलनको क्रममा प्रहरीको

जेन–जीका नाममा कर्मचारीलाई धम्क्याउने अर्जुन शाही पक्राउ

काठमाडौं – ‘जेन–जी’ आन्दोलनको नाममा कर्मचारीहरूलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाही

पेट्रोलको मूल्य घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्यमा घटाएकाे छ ।